त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भैंसी पसेपछि प्रहरी पनि घाइते भएका छन् हेर्नुस भिडियो सहित

काठमाडौं, २५ असार । शनिबार एक बेवारिशे भैँसी त्रिभुवन विमानस्थलभित्र छिरेर वितण्डा मच्चाएको छ । भैँसीको आक्रमणबाट प्रहरी पनि घाइते भएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं बौद्ध महांकालमा शनिबार भैंसीले आक्रमण गर्दा २ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया उषा पोखरेल र नेपाल प्रहरी बिशेष कार्यदलका प्रहरी जवान संजय चौधरी रहेका छन् । 
एक्कासि दौडँदै आएको उक्त भैंसीले पोखरेललाई ढाडमा हिर्काउँदा घाइते भएपछि उपचारको लागि ओम अस्पताल चावहिल लगिएको र अवस्था बोल्न सक्ने रहेको छ । सो भैंसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट बिमानस्थलभित्र छिरेपछि नेपाल प्रहरी बिशेष कार्यदलबाट बिमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी जवान चौधरीलाई समेत हिर्काई घाइते बनाकोले उपचारको लागि नेपाल प्रहरी अस्पताल लगिएको छ । भैंसीलाई नियन्त्रणमा लिई डोरीले बाँध्ने क्रममा आफै मरेको छ ।

, , , ,

0 comments

Write Down Your Responses