नयाँ ट्याक्सी लिने सोचमा हुनुहुन्छ भने निवेदन दिइहाल्नुस् कतै तपाइँको भाग्य खुलेको हुनसक्छ पुरा पढ्नुस र जानी राख्नुस र निवेदन दिइहाल्न के के गर्नु पर्छ पुरा हेर्नुस

काठमाण्डु, ६ साउन- सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा बढी निवेदन दर्ता भएको छ । बुधबार एक हजार १०२ र बिहीबार एक हजार ४०० गरी दुई हजार ५०२ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, सानारठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए । ‘यही गतिमा आवेदन दर्ता भएमा एकमहिने अवधिमा १५ हजारभन्दा बढी ट्याक्सीका लागि आवेदन दर्ता हुने देखिन्छ, लामो समयदेखि दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्, उनले भने ।
 चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ ।
 ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । ‘गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट पीडित भई आधिकारिक प्रमाणपत्र पाएकालाई अहिलेको भन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५०० ट्याक्सी दर्ता सुरु भएको हो, उनले भने । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाण्डु, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्नेछन् ।
 यसका लागि यातायात व्यवस्था कार्यालय, सानारठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ

, , , ,

0 comments

Write Down Your Responses