के तपाईं निःसन्तान हुनुहुन्छ ? के हो त निःसन्तानको समस्या ? पुरा पढ्नुस जनिराख्नुस

पहिले निःसन्तान हुुनुलाई भगवानको श्रापको रुपमा लिइन्थ्यो । यसको कुनै उपचार छैन भनिन्थ्यो । धेरै दम्पती यसको उपचार छैन भनेर त्यसै बसेको पनि हामीले देखेका छौं । तर, अहिले उपचार पद्धतिको धेरै नै विकास भएको छ । पाठेघरले कामै नगरेको अवस्थामा पनि अहिले टेस्टट्युब बेबी जन्माउन सकिन्छ । निःसन्तान हुनुको पीडा निःसन्तान हुने दम्पतीलाई नै थाहा हुन्छ । मैले बंगलादेशमा अध्ययन गर्दा यसबारे धेरै कुरा थाहा पाएँ । त्यतिबेला निःसन्तान महिला चेकजाँच गर्न आउँथे । पछि नेपाल फर्केर पनि निःसन्तान हुनुको कारण पत्ता लगाउने प्रयास गरें । 
 निःसन्तान के हो ? उमेर भएका दम्पतीले दुई वर्षसम्म कुनै पनि परिवार नियोजनका साधन प्रयोग नगरी सँगै रहँदा पनि सन्तान भएन भने सामान्यतः हामी बाँझोपन भन्छौँ । कतिपय ढिला बिहे गर्नेहरुले त २ वर्षसम्म पर्खन ढिला हुन पनि सक्छ, त्यसैले ६ महिनासम्म पनि महिला गर्भवती हुन सकिनन् भने पनि चेकजाँच गराउनुपर्ने हुन्छ । महिलामा हुने बाँझोपनको मुख्य कारण डिम्बमा खराबी आउनु नै हो । समस्याको जड सामान्यतः आँकडा हेर्दा बिहे गर्नेहरुमध्ये ८५ प्रतिशतले गर्भाधारण गर्छन् भने १५ प्रतिशतले गर्दैनन् । ती १५ प्रतिशतमध्येका ८५ प्रतिशतलाई साधारण उपचारबाट सन्तान हुने बनाउन सकिन्छ भने बाँकी १५ प्रतिशतले अहिलेको अवस्थामा टेस्टट्युब बेबी जन्माउन सक्छन् । पश्चिमी मुलुकमा ढिलो बिहे हुने हुँदा पाठेघरको ट्युमर हुन सक्छ । 
त्यस्तै, पाठेघरमा रगत जम्ने समस्या र यौनरोग पनि बढी देखिन्छन् । हाम्रोमा पनि पछिल्लो समय विदेश बसाइ र सहरीकरणले गर्दा यौनरोग केही बढ्दो पनि छ । त्यस्तै, हाम्रोमा सरसफाइको कमी छ । आमनेपालीले स्वच्छ पिउने पानी, खानामा त्यति ध्यान नदिएको पाइन्छ । अर्को, हाम्रो देशको पश्चिमी भेगमा छाउपडी प्रथा छ, महिनावारी भएका महिलालाई घाममा निस्कन दिइँदैन । नेपाली आम महिलाले नै महिनावारी भएका बेला त्यति स्याहार–सम्भार पाउँदैनन् । यसले गर्दा पनि पछि गएर निःसन्तान हुने समस्या हुन सक्छ । त्यस्तै अन्य संक्रमणका कारण पनि पाठेघरसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । अथवा, सानैमा बिहे हुँदा पनि महिलामा विभिन्न समस्या आउन सक्छ । १२–१३ वर्षमा बिहे भयो र कुनै किशोरी गर्भवती भइन् भने गर्भ खेर जान सक्छ, किनभने पाठेघरको विकास भइसकेको हुँदैन । विभिन्न संक्रमणले पाठेघरको नली बिग्रन जान्छ । 
यसरी बिग्रेपछि निःसन्तान हुने सम्भावना बढ्छ । त्यस्तै, पुरुषहरुमा एजुस्परमिया अर्थात् वीर्यमा शुक्रकीट नहुने समस्या हुन्छ । हाम्रोमा निःसन्तानको समस्या हुँदा महिलामा मात्रै खोट देखाइने गलत धारणा छ । महिलालाई शिक्षित बनाउनुपर्छ महिलाहरु शिक्षित भए, सानैमा बिहे गरेनन् भने निःसन्तानको समस्या धेरै कम भएर जान्छ । पछिल्लो समय विदेशबाट फर्केका कतिपय पुरुष श्रीमतीलाई नै लिएर मकहाँ चेकजाँच गर्न आएका छन् । अर्को कुरा, विविध सामाजिक कारण हामीकहाँ असुरक्षित गर्भपतनका हुने गर्छ, यसले पनि निःसन्तानको समस्या आउन सक्छ । पहिले गर्भपतन गैरकानुनी थियो, त्यसले पनि समस्या उत्पन्न गथ्र्यो । उपचार त्यसैले निःसन्तानको समस्यामा धेरै कुरा चेकजाँच गर्नुपर्ने हुन्छ । अनि मात्र उपचारको प्रक्रिया अघि बढ्छ ।
 कसैले चेकजाँच नगरीकनै निःसन्तान निको गराउने भनेर औषधि बेचेको सुन्नमा आउँछ, यो गलत हो । निःसन्तानका कारण पछिल्लो समय सरोगेसी अर्थात् भाडाको कोख बढ्दो छ । कुनै महिलाको पाठेघर काम लाग्ने छैन, उनले आफ्ना श्रीमानको वीर्य र आफ्नो ओभम अरु महिलाको कोख भाडामा लिएर बच्चा जन्माउनुलाई सरोेगेसी भनिन्छ । यसरी पनि पछिल्लो समय बच्चा जन्माउने गरिएको छ ।

, ,

0 comments

Write Down Your Responses