१८ तलामाथिबाट एलिभेटर खस्दा आठको मृत्यु पुरा पढ्नुस

बेइजिङ् (चीन), २ साउन । पूर्वी चीनको लोङकाउ शरहमा निर्माणाधिन भवनको १८ तलामाथिबाट निर्माण प्रयोजनका लागि सामान ओसार्ने ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्युभएको स्थानीय प्रशासनले बताएका छन् । साङदोङ प्रान्तको लोङकाउ शहरको सरकारी वेव साइटमा एलिभेटर १८औँ तलाबाट खसेको र उक्त समयमा कामदारका रुपमा ‘एलिभेटर’ मा रहेका आठ जनाको शुक्रबार मृत्यु भएको बताएको छ ।
 अठार तलामाथिबाट खसेका उनीहरुलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएपनि गम्भीर चोटका कारण उपचारबाट जोगाउन नसकिएको प्रशासनले बताएको छ । चीनमा पछिल्ला वर्षहरुमा कामदारको सुरक्षाका लागि धेरै सुधारजन्य कार्यहरू भएपनि निर्माण नियम पालना नगर्दा कामदाररुको जीवन अझै जोखिमयुक्त रहेने गरेकोे छ । रासस फाइल तस्वीर

, , , ,

0 comments

Write Down Your Responses