हेर्नुस अत्यन्तै दुखद खबर हाइड्रोपावरको लापरवाहीले गर्दा रोपाई गर्न जाँदा करेन्ट लागेर एकको मृत्यु हेर्नुस भिडियो सहित

ओखलढुंगा – रोपाई गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हर्कपुर–४ बस्ने फरिन्द्र दाहालका २५ बर्षीय छोरा सुमन दाहाल रहेको प्रहरीले जनाएको छ ।करेन्ट लागेर एउटा गोरु समेत मरेको छ । मृतक सुमनलाई गोरु लिएर खेतमा रोपाई गर्न जाने क्रममा निर्माणाधिन मोलुङखोला हाईड्रो पावरको करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायब निरिक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।
 हाईड्रो पावर निमार्णका क्रममा चलाईएको जेनेरेटरको आर्थिङ्ग कुलोमाथि गाडेको र कुलो हुँदै जाने क्रममा दाहाललाई करेन्ट लागेको प्रहरी निरिक्षक कार्कीको भनाई छ । करेन्ट लागेपछि एउटा गोरु भने भाग्न सफल भएको थियो । घटनापछि स्थानियहरुले निमार्ण कम्पनीको लापरबाहीका कारण घटना घटेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । अहिले मृतकको शब प्रहरीकोमा रहेको बताइएको छ । मोलुङ्ग हाईड्रो पावर कम्पनी अन्तरगत निर्माण भइरहेको सो हाईड्रो पावर ७ मेगावाट क्षमताको रहेको छ ।

, ,

0 comments

Write Down Your Responses