तपाईहरुको अनुहारको चिल्लोपना कसरी हटाउने ? हेर्नुस तरिका सहित
काठमाडौं । चर्को घाम अनि वातावरण प्रदुषणका कारण अनुहारमा चिल्लोपना बढ्ने गर्छ । कसैको भने छाला नै चिल्लो प्रकारको हुन्छ । अनुहारको छालामा चिल्लोपना बढी भएमा डण्डिफोर तथा खटिरा आउने सम्भावना बढी हुन्छ । यस्ता खटिरा दाग बनेर अनुहारको सौन्दर्य बिगार्न सक्छ । त्यसैले छाला स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने हुन्छ ।
गर्मी मौसम त चिल्लो छाला हुनेका लागि टाउको दुखाई नै बन्छ । त्यसैले के कारणले यस्तो भएको हो त्यसैअनुसार यस्तो समस्याको निराकरण गर्न सकिन्छ । अनुहारको छाला स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिनुपर्छ । अनुहार चम्किलो राख्न पानी प्रशस्त पिउने, फलफूल तथा हरियो सागसब्जी खान जोड दिनुपर्छ । कपालमा लगाएको तेलले पनि अनुहारमा चिल्लो बढ्छ ।
छालामा चिल्लोपना बढी भएका मानिसले व्युटिसियनको सल्लाहमा सनब्लक तथा अन्य क्रिम प्रयोग गर्नुपर्छ । श्रृङ्गार सामग्रीले समस्या उत्पन्न भएको छ भने छाला रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । कतिपय मानिसलाई छालाअनुसार श्रृङ्गार सामग्री नफाप्न सक्छ ।
गर्मी मौसममा अनुहारमा बढी नै चिल्लो निस्कने हुदाँ धूलो टाँसिएर खटिरा आउन सक्छ । धुवाँ, धुलो उड्ने ठाउँमा जानुभएको छ भने जतिसक्दो चाँडो मुख धुनु राम्रो मानिन्छ । अनुहारमा चिल्लोपना आउनेबित्तिकै नरम कपडाले मुख पुछ्नु पर्छ । अनुहारमा चिल्लोपना कम गर्ने सबैभन्दा राम्रो उपाय उचित सरफाई र खानपान नै हो । बढी चिल्लो खाना नखाने गर्दा पनि अनुहारमा चिल्लोपना कम हुन्छ । एजेन्सीको सहयोगमा


0 comments
Write Down Your Responses