महिला पुलिससँग अश्लील कुरा गर्ने प्रहरी आईजी यसरी परे फन्दामा भिडियो हेर्न फोटोमा क्लिक गर्नुस

पीडित महिला पुलिस छत्तीसगढ, २० असार । भारतको छत्तीसगढ राज्यको बिलासपुर क्षेत्रका पुलिस महानिरीक्षक (आईजी)लाई मुंगेली जिल्लाकी महिला आरक्षक (कन्स्टेबल)ले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । छत्तीसगढ राज्यका गृह मन्त्रीले यो विषयलाई अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न निर्देशन दिइसकेका छन् ।
 राज्यका वरिष्ठ पुलिस अधिकारीहरूले शनिबार रायपुरमा भनेका छन्, ‘बिलासपुर क्षेत्रका पुलिस महानिरीक्षक पवन देवका विरुद्ध छिमेकी जिल्ला मुंगेलीकी महिला कान्स्टेबललाई यौन हिंसा गरेको उजुरी दिएकी छिन् ।’ पवन देवले ती महिला पुलिससँग रातिमा फोन गरेर यौनका विषयमा कुराकानी गर्ने गर्थे । अधिकारीहरूका अनुसार मुंगेली पुलिस लाइनमा दरबन्दी रहेकी महिला कन्स्टेबलले बिलासपुरको चकरभाटा थाना र बिलासपुरको पुलिस अधीक्षक समक्ष लिखित उजुरी गरेको समाचारमा उल्लेख छ ।
 महिला कन्स्टेबलले भनेकि छिन्, ‘बिलासपुरका पुलिस महानिरीक्षकले मध्यराति फोनमा सेक्ससम्बन्धी अश्लील वार्तालाप गर्नुका साथै आफ्नो घरमा आउन दबाब दिने गरेका छन् ।’ ती महिला कन्स्टेबलले आईजीसँगको फोन वार्तालाप रेकर्ड गरेर आफ्नो उजुरीसँगै उपलब्ध गराएकी छिन् ।
 उता, आईजी पवन देवले अडियो क्लिपिंगमा रहेको आवाज आफ्नो नरहेको दाबी गरेका छन् । छत्तीसगढ राज्यका गृहमन्त्री रामसेवक पैकराले पुलिस महानिर्देशक (डीआईजी)लाई महिला कन्स्टेबलको उजुरीका विषयमा छानविन गरेर कारबाही गर्न आदेश दिएका छन् । – एजेन्सी

, , , ,

0 comments

Write Down Your Responses