जाने हो अमेरिका पढ्न हो भने त्यसो भए यसरी छान्नुस आफु पढ्न कलेज पुरा पढ्नुस र जनिराख्नुस

काठमाडौं, असार २८ । अमेरिका लगायत युरोपका शहरमा पढ्न जाने युवाहरुलाई लक्ष्यित गरेर काठमाडौंमा एक दिने कार्यशाला गोष्ठि गरिएको छ । नेपालबाट अमेरिका लगायत युरोपमा अध्ययन गर्न जाने युवाहरुको बढ्दो चापलाई ध्यान दिएर गुणस्तरीय कलेज छनौट बारेमा गोष्ठि केन्द्रीत भएको गोष्ठिका सहजकर्ता गरेका टीम कन्सल्टका डाइरेक्टर विनोद कुमार सुवेदीले जानकारी दिए । अमेरिकाको कलेजहरुको बारेमा वेवस्टर युनिभर्सिटीका क्षेत्रिय व्यवस्थापक शाहीद जाहिदुनले जानकारी गराएका थिए ।
 अमेरिका अध्ययनसम्बन्धमा वस्तुगत जानकारी दिंदै आफ्नो विशेष प्रस्तुतीमा वेवस्टर युनिभर्सिटीका क्षेत्रिय व्यवस्थापक जाहिदुनले नौ देशमा फैलिएको १०१ वर्ष पुरानो वेवस्टर युनिभर्सिटीको अमेरिकालगायत नेदरल्याण्ड, थाइल्याण्ड, स्विट्जरल्याण्ड, बेलायत, ग्रिस, चीन क्याम्पसहरुमा अध्ययन गरी नेपाली विद्यार्थीहरुले उच्च गुणस्तरको उच्च शिक्षा र अन्तरराष्ट्रिय स्तरको डिग्री हासिल गर्न सक्ने बताए । काठमाँडौ, ललितपुर, भक्तपुर, चितवन र पोखराका ५० भन्दा बढी शैक्षिक परामर्श व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यशालामा विदेश अध्ययन र शैक्षिक परामर्श व्यवसायका बारेमा छलफल गरिएको थियो ।
 कार्यशालाको उद्घाटन सत्रमा मन्तव्य राख्दै स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)का संस्थापक अध्यक्ष मान बहादुर राइले शैक्षिक परामर्श व्यवसायीहरुले व्यावसायिक हकहितका लागि सहकार्य र समन्वय गर्नुपर्ने बताए । त्यसैगरी फेकनका उपाध्यक्ष प्रज्वल बस्नेतले शैक्षिक परामर्श कम्पनीहरुलाई निरुत्साहित गर्ने उद्देश्यले सरकारी तहबाट अनावश्यक र पालना गर्नै नसक्ने खालका प्रावधानहरु ल्याउन र लाद्न खोजिएको जानकारी दिंदै त्यसो भएमा व्यावसायिहरु सडकमा उत्रने चेतावनी दिए । टिम कन्सल्ट, एक्टिभ सिनर्जी कन्सल्ट्यान्टस र लाइफ इन्टरनेशनल एजुकेशन कन्सल्ट्यान्टसीले सयुक्त रुपमा आयोजना गरेका थिए । 
कार्यशालामा एक्टिभ सिनर्जीका प्रबन्ध निर्देशक तथा कार्यक्रम संयोजक राम शरण ढकालले अमेरिका, युरोप लगायतका देशमा अध्ययनका लागि आवश्यक भिषा प्रकृया सम्बन्धमा सहभागीहरुका जिज्ञासाको जवाफ दिएका थिए । विगत १० वर्षदेखि युरोपका कजेल युनिभर्सिटी व्यावसायीहरुमाझ ल्याएको बताउँदै संयोजक ढकालले आगामी दिनमा पनि संयुक्तरुपमा शैक्षिक परामर्शदाता कम्पनीहरुबीच सहकार्य गर्दै जाने बताए ।
 टिम कन्सल्टका डाइरेक्टर सुवेदीले युवाहरुलाई हतारिएर भन्दा सोचेर अध्ययन गरेर मात्र विदेश अध्ययन गर्न सल्लाह दिए । उनले व्यावसायिक हकहितका लागि शैक्षिक परामर्श व्यवसायीहरुको एकता कायमा राख्नुपर्ने बताए।

, , , ,

0 comments

Write Down Your Responses