मोसुलमा ४० जनााकाे टाउको छिनाइ यसरी हत्या

मोसुल, ५ भदौ । आतङ्ककारी समूह इस्लामिक स्टेट्स आईएस ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ । उनीहरूले उनीहरूका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको आइतबार प्राप्त समाचारमा जनाइएको छ । इराकको निनभेह प्रान्तको राजधानी मोसुलका ती सर्वसाधारणले आईएसको कानुनको उल्लङ्घन गरेको र उनीहरूका विरुद्धमा षड्यन्त्र गरेको आरोप आईएसले लगाएका छन् । 
 आईएसका लडाकूले हत्या गरिएका ती शव मोसुलमा रहेको एक अस्पतालमा बुझाएका थिए । शवसँगै मारिएका ती व्यक्तिको नामावली पनि उनीहरूले बुझाएको सो अस्पताल स्रोतले जानकारी दिएको छ । मारिएका व्यक्तिमध्ये अधिकांशको टाउको छिनाइएको छ भने बाँकीको पनि टाउकोमा नै गोली हानिएको छ । आइतबार सो अस्पतालले सो जानकारी दिएको हो । यस विषयमा सरकारको कुनै जानकारी आएको छैन । सिन्ह्वा

, , ,

0 comments

Write Down Your Responses