सुन्दा अचम्म तर कुरा वास्तविक हेर्नुस यसकारण अचानक रोकियो सुर्खेतमा धमाधम हुदै गरेको बिबाह बेहुली नै फिर्ता हेर्नुस भिडियो सहित
सुर्खेत नेपाली समाजमा अझै बालबिबाह रोकिएको छैन। बालबिबाह गर्न सामाजिक अपराध र नेपालको कानुन बिपरित पनि हो। यस्तै बालाबिबाहको घटना हालै पुर्बी सुर्खेतको मैनतडामा घट्यो। त्यस बिबाहमा सामेल बेहुली बिमला बिक मात्र १५ बर्ष की छिन।
उनको कलिलै उमेर छ र कक्षा ८ मा मात्र अध्ययन गर्दै छिन। उनि परिवारको दवाबमा आफ्नै गाउँका एक युवकसँग टाप कसिन। किशोरी बिमला भागेको कुरा गाउँ भरी सनसनीपूर्ण हल्ला चल्यो।
गाउँका अन्य किशोरीहरुले थाहा पाए। उता बिमलको जग्गे यानिकी मण्डप तयारी बनाएर बिबाहकार्य सुरु भइसकेको थियो। यानिकी बिबाह कार्य धमाधम सम्पन्न हुदै थियो।
गाउँका किशोरीहरुको समूह बिबाहमा पुगी हाले र बिबाह कार्य रोक्न दबाब दिए उनीहरुले भने यो बाल बिबाह सामाजिक अपराध हो र कानुन बिपरित हो। र उनीहरुले बिमलालाइ जग्गेबाटै खोसेर फिर्ता लागे।
फिर्ता ल्याउने क्रममा गाउँका ति बालाबिबाह बिरुद्ध गस्तीमा निस्केका किशोरीहरुको समूह र बेहुला पक्षका आफन्तहरुसँग ठुलै चर्का चर्की र घम्सा घम्सीसम्म भयो।
तर किशोरीहरुले बालाबिहबा गर्नु हुन्न यो सामाजिक अपराध हो भन्दै राम्रोसंग सम्झाए पछि सबै गाउँलेहरुले साथ दिए अन्तत: यसरी बिमलको हुदै गरेको बिबाह रोकियो। सुर्खेतमा बलाबिबाह गर्ने क्रम बढे पछि स्थानीय किशोरीहरुले त्यसलाई रोक्न अभियान नै संचालन गर्दै आएका छन्।


0 comments
Write Down Your Responses