काभ्रेको बिर्तादेउराली ९ कोसीपारि कात्तिकेमा सोमबार दिउँसो बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत हेर्नुस को को परेछ नामसहित

काठमाडौं–काभ्रेको बिर्तादेउराली–९ कोसीपारि कात्तिकेमा सोमबार दिउँसो बस दुर्घटना हुँदा घटनास्थलमै २६ जनाको मृत्यु भएको छ भने १ जनाको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको छ । २७ जनाकै शव सनाखत भएको काभ्रे प्रहरीले जनाएको छ । कात्तिके देउरालीका १३ र मादल कुरारीका ८ जनाका घटनास्थलमै मुत्य भएको थियो । 
मृतक अन्य छिमेकी गाविसका थिए । अधिकांश मृत्यु हुनेहरुमा भूकम्पपीडित आवास अनुदान सम्झौता गर्न आफ्नो घर र्फकदै थिए । उनीहरु काठमाडौंमा काम गरेर बस्दै आएका थिए । मृतकको नामावली एलिसा तामाङ, वर्ष ८ इन्द्रकुमारी लामा, वर्ष २३ सीता बर्देवा, वर्ष ३० मुनामाया परियार, वर्ष ३० उमेश सापकोटा, वर्ष ३० बिष्णु बास्कोटा, वर्ष २८ सज्जा तामाङ, वर्ष ३४ कृष्ण दमाई परियार, वर्ष ४७ सानुमाया तामाङ, वर्ष २६ छविलाल चौलागाईँ, वर्ष ४० निलकण्ठ गौतम, वर्ष ५६ औलादसिंह तामाङ, वर्ष ७० माइली तामाङ, वर्ष ७० रेशम बिक, वर्ष २१ पर्शुराम गौतम, वर्ष २७ गोविन्दप्रसाद गौतम, वर्ष ७३ सीता गिरी, वर्ष २० ठूलीकान्छी सुनार, वर्ष ७५ बिनोद गौतम, वर्ष ३६ कृष्णहरि बर्देवा, वर्ष ३६ केशव पाण्डे, वर्ष ५४ लीलानाथ गौतम, वर्ष ४५ सुष्मा रानामगर, वर्ष ३० जुनकिरी गौतम, वर्ष ४५ कृष्णहरी पाण्डे, वर्ष ६५ सुशीला घर्ती, वर्ष ५० रमेश गौतम, वर्ष ३८ मृतकको शव आज घटनास्थलमै मेडिकल टोली झिकाइ शवपरीक्षण गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
 ‘ओभरलोड’का कारण बसले तान्न नसकी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । दुर्घटनामा ३९ जना घाइते भएका छन् । यसैबीच धुलिखेलमा उपचारार्थ १२ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको टाउको र मेरूदण्डमा चोट लागेको छ । घाइतेमध्ये २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरूमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौं र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

, , ,

0 comments

Write Down Your Responses