काठमाडौंबाट काभ्रेको कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको उक्त बस यसरी भयो काभ्रेको कोशीपारीमा दुर्घटना यी दुखद घटनालाई सबैले एक पटक सिएर गर्नुस
काठमाडौंबाट काभ्रेको कोशीपारी कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको उक्त बसमा यात्रारत थिए मादनकुडारी–१ का ज्वारलाल तामाङ । दुर्घटनामा ठूलो मानविय क्षति हुँदा उनी बाँच्न सफल भए ।छतमा यात्रारत उनले बस एकाएक भीरबाट खस्न लागेपछि हाम्फाल्न भ्याउँदा बाँच्न सफल भए काभ्रेको मादनकुडारी–१ मा पर्छ ।कामको सिलसिलामा केहि वर्षयता काठमाडौंमा बस्दै आएको छु ।
घरमा काम भएकाले बिहानै भाई बुहारी र भतिजासहित पुरानो बसपार्कमा गाडी चढेर यता लागेको हुँ । बिहान ६ बजे बसपार्कबाट कोशीपारीको देउरालीको लागि छुटेको बसमा बसपार्कबाट छुटुन्जेल धेरै यात्रु थिइनन् । बीचबाटोमा मान्छे थपिँदै जाँदा बसभित्र पूरै खचाखच मान्छे थिए । निकै भीडभाड हुँदा बसमा खपिनसक्नुको गर्मी भएपछि शितल हुने भएर म भतिजोलाई लिएर छतमा गए ।
म जानुअघि नै छतमा ८–१० जना गइसकेका रहेछन् । पछि थपिने क्रम जारी रह्यो । अप्ठ्यारो बाटोमा बस ओभर लोड भइसकेको थियो भने निकै विस्तारै बस हाकिएको थियो ।जब बस काभ्रेको कोशीपारी पर्ने बिर्ता देउरालीको उकालो चढ्दै थियो–बसलाई उकालो चढ्नै मुस्किल परिरहेको थियो । एक नम्बर गेयरमा चलाइएको बस उकालोको बीचतिर पुग्दै लाग्दा एकाएक ‘ब्याक’ ९पछाडि० हट्यो ।
त्यहीबीचमा ड्राइभरले सहचालकलाई पछाडिको चक्कामा ढुंगा हालेर अड्याउन भनेपछि हतारहतार सहचालकले ढुंगा त हाले तर त्यसले थेग्न नसकेपछि बस भीरतर्फ मोडियो ।
बस खस्न लागेको थाहा पाएपछि म छतबाट हामफालेर बाँच्न सफल भएँ ।
भतिजो पनि हामफालेछ । उ घाइते भएको छ । तर बसभित्र भाइबुहारी पनि थिइन् । उनको अवस्था अहिलेसम्म थाहा पाउन सकेको छैन। बस डाँडामा पुग्नै लाग्दा भीरबाट करीब ४ सय मिटर तल पुगेको छ । २० जनाजतिको लाश मैले नै देखेको छु । बुहारीलाई भेटेको छैन, खोजिरहेको छु ।


0 comments
Write Down Your Responses