अन्य मुलुकको तुलनामा नवजात शिशुलाई नेपालमा स्तनपान गराउनेको संख्या कम किन र के कारण यस्त्तो पुरा पढ्नुस

काठमाडौं । अन्य मुलुकको तुलनामा नेपालमा नवजात शिशुलाई स्तनपान गराउनेको संख्या सन्तोषजनक भएपनि पर्याप्त नभएको बाल स्वास्थ्य प्रभाग पोषण शाखाले जनाएको छ । पोषण शाखाका अनुसार नेपालमा नवजात शिशुलाई स्तनपान गराउनेको संख्या हाल ९८ प्रतिशत छ । तर यो पर्याप्त होइन । ‘समग्रमा हेर्दा नेपालमा शिशुलाई स्तनपान गराउनेको संख्या ९८ प्रतिशत छ । जुन अन्य मुलुकको तुलनामा सन्तोषजनक छ’, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य प्रभागका पोषण शाखा प्रमुख गिरीराज सुवेदीले अनलाइनखबरसित भने, ‘तर पनि यसलाई सतप्रतिशतमा कसरी उतार्ने भन्ने हाम्रो चुनौती हो ।
’ उनले नेपालमा शिशुलाई कुनै न कुनै तरीकाले स्तनपान गराउने महिलाको संख्या उल्लेख्य रहेपनि सुचकअनुसार स्तनपान गराउनेको संख्यामा कमी हुँदै गएको तर्फ ध्यानाकर्षण गराए । उनका अनुसार विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार नवजात शिशुलाई स्तनपान गराउने प्रमुख तीन सुचक छन् । पहिलो, शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउनु पर्छ । दोश्रो, शिशु जन्मेदेखि छ महिनाको नहुदाँसम्म उसलाई केबल आमाको दूधमात्र ख्वाउनुपर्छ र तेश्रो, शिशु छ महिनाको हुँदादेखि दुई वर्षको हुँदासम्म अन्य खानाको साथमा आमाको दूध पनि ख्वाउनु अनिवार्य हुन्छ ।
 तर यी सुचक अनुसार नेपालमा शिशुलाई स्तनपान गराएको पाइँदैन । सन् २०११ को तथ्यांक अनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या जम्मा ४५ प्रतिशत थियो । त्यसैगरी, शिशु छ महिनाको हुँदासम्म उसलाई ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ्ग’ अर्थात केबल दूधमात्र खुवाउनेको संख्या ७० प्रतिशत रहेको थियो । जुन सन्तोषजनक होइन । 
 उनले विश्व स्तनपान दिवसको अवसरमा यसबारे जनचेतना तथा सचेतना जगाउन यस सप्ताह काठमाडौंका विभिन्न ठाउँमा कार्यक्रम समेत गरिरहेको बताए । त्यसैगरी, नवजात शिशुको पोषणलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेरै अहिले देशभरका जिल्लाहरुमा ‘शिशु तथा बाल्यकालीन पोषण’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यस्तै, विभिन्न तालिममार्फत जिल्लाका स्वास्थ्य चौकी तथा अस्पतालमा सेवा लिन आउने प्रत्येक गर्भवती महिलालाई बाल पोषणबारे परामर्श दिने काम भइरहेको छ ।
 ‘विश्ोषगरी शिशुको पोषणलाई ध्यानमा राखेर हामीले हरेक ठुल्ठूला संस्थाहरुमा स्तनपानका लागि एउटा कुना छुट्याइनु पर्ने माग गर्दै आएकोमा अहिले सिंहदरवारमा नवजात शिशुको लागि त्यस्तो ठाउँ छुट्याइसकेको छ’, सुवेदीले भने,’ त्यस्तै, सुत्केरी विदालाई समेत दुई महिनाबाट बढाएर तीन महिना पुर्‍याइएको छ ।’

, , , ,

0 comments

Write Down Your Responses