रातको राम्रो निद्राले दिनभरको थकाइ र तनाव कम गर्छ स्वास्थ्यका लागि निद्रा कत्तिको महत्वपूर्ण हुन्छ पुरा पढ्नुस

रातको राम्रो निद्राले दिनभरको थकाइ र तनाव कम गर्छ । भोलिपल्ट बिहान उठ्दा शरीरमा ताजाकी महसुस हुनुका साथै भरपूर इनर्जी पनि प्राप्त हुन्छ । तर, निद्राको कमीले दिनभर झुम्म मात्रै पार्दैन, बिमारको सुरुवाती कारणसमेत बन्न सक्छ । डाक्टर, डाइटिसियन तथा मनोवैज्ञानिकका अनुसार ६ घन्टाभन्दा कम सुत्नेलाई विभिन्न समस्याले घेर्न थाल्छ । अपुग निद्रा नै रोगको कारण बन्न जान्छ । तर, राम्रो निद्राले फाइदै–फाइदा दिन्छ ।व्यक्तित्वमा असर स् पूरा निद्रा लिने व्यक्तिको शरीर तन्दुरुस्त हुनुका साथै दिमागसमेत सक्रिय रहिरहन्छ । राम्रो निद्राले व्यक्तित्वमै सकारात्मक असर छोड्छ । 
राम्रो निद्रा नलिनेहरूको शरीरमा चिडचिडापन, झुम्म हुनेजस्ता समस्या देखिन्छन् । अनिदोपनले व्यक्तिलाई झगडालुसमेत बनाउने हुँदा व्यक्तित्वमै नकारात्मक असर पार्छ । तौल कायम स् युवा अवस्थामै शरीरको तौल आवश्यकताभन्दा बढी हुँदा धेरै हैरानीमा पर्छन् ।
 युवतीहरू ‘जिरो फिगर’ र युवकहरू ‘सिक्स प्याक्स एब’ बनाउन मरिहत्ते गर्छन् । तर, खानपिन र अनियमित निद्राले यो चाहनामा सबैभन्दा बढी धोका दिने गर्छ । यदि राम्रो निद्रा लिएमा शरीरमा पैदा हुने हर्मोनहरू व्यवस्थित हुने भएकाले तौल सधैँ नियमित राख्न मद्दत गर्छ । मुटु सक्रिय स् राम्रो निद्रा नपर्दा सबैभन्दा बढी असर मुटुमा पर्न जान्छ । निद्राको कमीकै कारण हर्ट अट्याक तथा स्ट्रोकको खतरा निम्तिने सम्भावना बढी हुन्छ । यसले व्यक्तिको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ । आठदेखि नौ घन्टा निदाउँदा रक्तचाप नियमित रहन्छ । तनावमुक्त स् पारिवारिक र अफिसियल व्यस्तताको कारण देखाउँदै धेरै तनावमा रहेका देखिन्छन् । 
आम मान्छेहरू कुनै न कुनै रूपले तनावमा गुज्रिरहेका हुन्छन् । तर, यसको भित्री कारण उचित निद्रा नपुग्नु पनि एक हो भन्छन्, चिकित्सकहरू । राम्रो निद्राले शरीरलाई आरामको महसुस मिल्नुका साथै उच्च रक्तचाप र डिप्रेसनजस्ता समस्यामा राहत मिल्छ । मरेका सेल्स पुनर्जीवित स् निद्राको अपुगसँगै उत्पन्न हुने तनाव तथा प्रदूषण र अल्ट्रभायलेट किरणले शरीरका सेल्सहरू मर्ने गर्छन् । यसले जवान मुहारमै बुढोपन ल्याउने गर्छ । यदि नियमित आठदेखि नौ घन्टा आरामले निदाउने हो भने मरेका सेल्सहरूसमेत पुनर्जीवित हुनेछन् । इन्फेक्सनबाट बचाऊ स् अनावश्यक हर्मोन र स्ट्रेसका कारण शरीरमा कुनै न कुनै प्रकारको इनफेक्सन हुने गर्छ । शरीरमा हुने केमिकल्समा गडबडी आउनुको कारण निद्राको कमी नै हुने गरेको डाक्टरहरू बताउँछन् । त्यसैले अनेकन इनफेक्सनबाट बच्न उचित निद्रा अपरिहार्य छ ।
 लामो आयु स् दीर्घायुका लागि पनि निद्रालाई नियमित राख्नु आवश्यक छ । निद्रामा आउने कमीले क्यान्सर, डायबिटिजजस्ता रोगलाई निम्ता गर्न सक्छ । कुन उमेरका व्यक्तिले कति समय निदाउने ? वयस्कहरूले कम्तीमा आठदेखि नौ घन्टा निदाउनुपर्ने हुन्छ । एकदेखि पाँच वर्षका बालबालिकाले कम्तीमा ११ देखि १३ घन्टा निदाउनुपर्ने हुन्छ । पाँचदेखि १० वर्षका बालबालिकाले कम्तीमा १० देखि ११ घन्टा निदाउनुपर्ने हुन्छ ।

, , , ,

0 comments

Write Down Your Responses