यस्तो सुसाइड नोटे लेखेर गरे आत्महत्या पुरा पढ्नुहोस् सुसाइड नोटसमेत
देउखुरी – देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरी शर्माले बिहिबार राती सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० वर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिएका छन् ।
सुसाईट नोटमा आत्महत्याको ठोस कारण नखुलाइएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा मृत अवस्था फेला परेको थियो । उनको मृत्युको आधिकारिक कारण भने पुष्टी हुन नसकेको र शर्माले लेखेको उक्त सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गर्दै ‘म आफू खुसी आत्महत्या गरेको हुँ, यसमा कोही पनि दोषी नभएकोे’ उल्लेख गरिएको छ ।
सुसाईट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई बुझाई गरी लेखेका छन् । मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses