साउदीमा मृत्युदण्ड सजाय पाएका रामचन्द्रलाई बचाउन लागि जनमुक्ति पार्टीद्वारा ब्लडमनी सहयोग

काठमाडौं, २९ साउन । साउदी अरबको अदालतको निर्णयअनुसार मृत्युदण्ड सुनाइएका कुशादेवी– २, काभ्रे निवासी रामचन्द्र तिमल्सिनाको रिहाइ र बचाउका लागि आर्थिक सहयोग संकलन कार्य जारी रहेका बेला जनमुक्ति पार्टीले पनि केही रकम सहयोग गरेको छ । जनमुक्ति पार्टीको खातामा कतारबाट तीन जना नेपालीहरूले पठाएको ७५ हजार रुपैयाँ तिमल्सिनाका आफन्तलाई उपलब्ध गराइएको हो । साउदी अरबको कानुनअनुसार ब्लडमनी जम्मा गरे रामचन्द्रको जीवन रक्षा हुन सक्छ ।जनमुक्ति मञ्च कतार र केफर कम्पनीमा कार्यरत रामकृष्ण दाहाल, कमल मगर र जयराम अधिकारीको संयुक्त पहलमा पीडित रामचन्द्र तिमल्सिनाका लागि ७५ हजार संकलन भएको थियो । कतारबाट उपलब्ध भएको सो रकम राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले कुशादेवी– २, काभ्रे पुगेर शुक्रबार परिवारजनलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष पालुङ्वाले कुनै पनि नेपालीलाई दुःख कष्ट पर्दा सहयोग गर्नु सबैको दायित्व रहेको बताए । ‘साउदी अरबको जेलमा मृत्युदण्ड सजाए पाएका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि ब्लडमनी संकलनमा सबैले सहयोग गर्नुपर्छ’, उनले भने, ‘थोरै रकमले पनि ठूलो रहत मिल्छ ।’ रकम हस्तान्तरण कार्यक्रममा पार्टीका सह–अध्यक्ष मानध्वज व्लोन, उपाध्यक्ष कमला थापा, कोषाध्यक्ष डब गर्वुजा, केन्द्रीय सदस्य हुमबहादुर थापा, विजयसिंह थापा र माधवराज गिरीको उपस्थिति रहेको थियो ।

, ,

0 comments

Write Down Your Responses