यो भन्दा अरु दुखको कुरा के नै चाहियो र हेर्नुस भारतको हिमाञ्चलमा एकै परिवारका पाँच नेपालीको यसरी ज्यान गयो

काठमाडौंः भारतको हिमाञ्चल प्रदेशमा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। सिम्ला जिल्लाको हिमाञ्चल प्रदेशमा मुसलधारे पानीसँगै आएको बाढीमा परी एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो।
 गत आइतबार बाढीमा परेर उनीहरुको ज्यान गएको भएपनि यसबारेमा भने प्रहरीले शुक्रवारमात्रै जानकारी दिएको न्यूकेरला डटकमले जनाएको छ। सिम्लाबाट एक सय ३० किलो मिटर टाढामा पर्ने रामपुर शहर नजिकै रहेको बन्द्राली गाउँमा मुसलधारे वर्षासँगै आएको बाढीमा परेर उनीहरुको ज्यान गएको हो। ‘मृतक सवैको शव भेटिएको छ।
 जिवितै भेटिएका एकजना बहिरा छन् र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,’ डेपुटी कमिस्नर रोहन ठाकुरले भने। बाढीमा परी ज्यान गुमाउनेहरुमा लछिराम, उनकी श्रीमती र तीनजना बच्चा छन्। उनीहरु नेपालको कुन ठाउँका हुन् भन्नेबारे भने खुलाइएको छैन। स्याउको बगैंचामा कार्यरत लछिराम परिवारसहित अस्थायी टहरोमा बस्दै आएका थिए। ‘बाढीले स्याउको बगैंचामा पनि पूर्णरुपमा क्षति पुर्याएको छ,’ ठाकुरले भने।

, , ,

0 comments

Write Down Your Responses