मानिसको गर्भावस्था भनेको अधिकतम ९ महिनाकेा हुन्छ तर एक महिला भने १७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएको छैन बच्चा पुरा हेर्नुस खबर

मानिसको गर्भावस्था भनेको अधिकतम ९ महिनाकेा हुन्छ । तर चीनमा एक महिला भने १७ महिनादेखि गर्भवती छिन् । पत्याउनै गाह्रो पर्ने यो घटना चीनको हुनान प्रान्तको हो । हुनानकी वांग शी नामकी महिला सन् २०१५ को फेब्रुअरीमा गर्भवती भएकी हुन् । उनको गर्भमा रहेको भ्रुण बस्ने साल अर्थात् प्लासेन्टा राम्रोसँग विकशित नभएको हुँदा डाक्टरहरुले सुत्केरी गराउन नमानेको उनको दाबी छ ।
 तर अब छिटै उनी आमा बन्नेवाला छिन् । वांगका अनुसार उनको डेलिभरी डेट सन् २०१५ को नोभेम्बरमा थियो । तर जब उनी डेलिभरीका लागि डाक्टरकोमा गइन् तब उनको प्लासेन्टा राम्रोसँग विकास नभएको भनी शल्यक्रिया गर्न डाक्टरले मानेनन् । १४ महिनासम्म पनि डाक्टरहरुले यस्तै भने । 
 डाक्टरलाई पर्खिँदा पर्खिँदै गर्भको बच्चा झण्डै डेढ वर्षको हुन थालेपछि भने वांग अब आफै बच्चा जन्माउने तरखरमा छिन्, शल्यक्रिया नगरीकनै । वांगले आफु १७ महिनाकी गर्भवती भएको बताएपछि कतिपय डाक्टरहरुले भने यस्तो हुनै नसक्ने दाबी गरेका छन् ।

, , , ,

0 comments

Write Down Your Responses