हेर्नुस ती महिलाले वैश र पैसा समाहल्न नसकेपछि

बर्दिबास–ओठमा लाली थियो, हातभरी चुरा अनि आँखामा लगाएको गाजलले ती महिला बत्ति झै थपक्क बलेकी जस्तै थिइन् । गोरो अनुहारमा सिउँदोमा लगाएको रातो सिन्दुरले ती महिलाको बढ्दो जवानी झल्किरहेको थियो । खाइलाग्दो वैशलाई रुपैयाँको कुनै अभाव थिएन । जती खेर जे चाहन्थिन् ती महिलालाई तु पुरा हुन्थ्यो नै । समस्या केहीको थिए ।
 वैश र पैसा दुवैलाई सम्हाल्न नसक्दा भन्न सकिन, भने जस्तै भयो ।रुपन्देहीको भैरवाकी एक ३२ वर्षीय महिलासँग वैश र प्रर्याप्त पैसा भएपछि विराटनगरका १८ वर्षीय विशाल साहसँग रासलिला रचाएर टप कसेकी महोत्तरीको बर्दिबासबाट प्रहरीले पक्रन बाध्य भयो । आफ्नो श्रीमान घरमा हुँदाहुँदै वैश र पैसा दुवै साथमा भएर जवानीलाई सम्हाल्न नसकेर ती महिलाले श्रीमानलाई छाडेर अल्लारे केटासँग घरबाट हानिए । ७ दिन पहिले श्रीमानले आफ्नो ससुरा(महिलाकी बुबा)लाई उपचारको लागि दिल्ली हिँडे । त्यसै बखत घर नजिकै ११ कक्षामा पढ्ने केटासँग ती ३२ वर्षीय महिला ७ वर्षीय छोरा र ८ वर्षीया छोरीलाई साथमा लिएर भागिन् । घर परिवारलाई एक सरहले लात हानेर ती महिलाले एक दिन पनि पाल्न नसक्ने केटासँग भागिन् । लाल जोडी भैरहवाबाट भागेर काठमाडांै गएर त्यहाँ सेल्टर बनाए । त्यहाँ ती लालजोडीले गाउँका छिमेकी बस्ने गरेको चाल पाए । 
त्यसपछि उनीहरु जनकपुर जाने निधो गरे । काठमाडौंबाट अन्य ठाउँ हुँदै जनकपुर पुगे । पक्राउ पर्ने डरले जनकपुरका होटलहरु फेरेर बसे । त्यहाँ पनि थाहा पाउने भएपछि उनीहरु फेरी महोत्तरीको बर्दिबास सरे । तर भागेको ७ दिनपछि इलाका प्रहरी कार्यालय बर्दिबासले लोकेसनको आधारमा ती लालजोडीलाई बिहिबार साउन २७ गते पक्राउ ग¥यो । इलाका प्रहरी कार्यालयमा राखे । दुवैलाई हतकड्डी लगाइयो । ती महिलाले विशाललाई पहिला धर्मभाई बनाइन् । पछि भाईको नामको सम्बन्धलाई गाढा रंग भर्न थालिन् । ती महिलालले रंग भर्दाभर्दै भाइबाट प्रेमी बनाइन् । कुरा बढाइन् । सम्बन्ध बढ्ने कुरै भएन । सोही अनुसारको सम्बन्धको विकास पनि हुँदै गयो । एक अर्का विना एक छिन पनि बस्न नसक्ने अवस्थामा ती लालजोडी पुगे । पछि ती महिलाले ती युवकलाई श्रीमान बनाउने तानबुना बुनिन् । 
श्रीमान् घरमा नभएको मौका छोपेर केटालाई लिएर टाप कसिन् । बच्चाहरुसहित भागेपछि परिवारजनमा हलचल मच्चियो । खोजी कार्य जारी रह्यो, कहिँ भेटिएनन् । पछि प्रहरीमा खोज तलासको लागि घर परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिए । नेपाल प्रहरीले खोज्न सुरु गरे । लालजोडीको उडानले घर परिवार र प्रहरीमा पनि तनाव थपियो । पाएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयले बर्दिबासको चारैतिरको नाकामा प्रहरी खटाएर सर्च गर्न थाले । होटल चहारे । लुक्न सक्ने स्थान खोजे । तर, सर्च गरेको तीन दिनपछि लालजोडीलाई बर्दिबासको एक होटलबाट प्रहरीले पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले बताए ।
 उनीहरुको साथबाट झन्डै ७० हजार नगद, ती महिलाकी छोराछोरीसहित नव लालजोडीलाई प्रहरीले नियन्त्रण लिएको हो । घरपरिवारको साथ लगाएर बर्दिबास प्रहरी रुपन्देही प्रहरीमा पठाएको छ ।

, ,

0 comments

Write Down Your Responses