हेर्नुस अब तपाईहरुको आजको राशिफल २०७३ भाद्र ०७ गते मङ्गलबार
वि.सं. २०७३ भाद्र ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ अगस्ट २३ तारिख सौम्य नामक संवत्सर, शाके : १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. : ११३६, (गुँलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे
भाद्रपद कृष्णपक्षको पञ्चमी तिथि,
बिहान ०५:५० बजेसम्म, त्यसपछि षष्ठी तिथि,
अश्विनी नक्षत्र, साँझ ०६:५२ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त),
गण्ड योग, बिहान ०९:२० बजेसम्म, त्यसपछि बृद्धि योग,
वणिज करण, दिउँसो ०४:३६ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर,
आजको चाडपर्व र उत्सव : विरुढा पञ्चमी, डाँछीको कोलमती घाटमा स्नान, शिक्षाविद् जयपृथ्वीबहादुरको जन्मदिन,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : गौरा सप्तमी, अमुक्ताभरण सप्तमी,
भोलिको मूहुर्त : अग्निवास(होमादि),
०९ गते : श्रीकृष्णजन्माष्टमी व्रत, मोहरात्री, अष्टमी व्रत, गोरखकाली पूजा, मन्वादि, दुर्वाष्टमी, गौरापर्व, रुद्राभिषेक(रुद्रीपूजा),
१० गते : श्रीकृष्णयात्रा, रामेछाप चिसापानीमा हिलेजात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी याात्रा, डोेटी सिलगढी मष्टो जात्रा, विभिन्न स्थानमा राधाकृष्ण रथयात्रा, ललितपुरमा भीमयात्रा, गोगा नवमी, अग्निवास(होमादि),


0 comments
Write Down Your Responses