हेर्नुस विश्वमै यी सात कुरामा छन् नेपालीहरु सबैभन्दा अघि पुरा हेर्नुहोस

एजेन्सी । विश्वभरमा नै नेपालीहरुको एक किसिमको सान र पहिचान छ । विश्वकै अग्लो सगरमाथा भएको देश,गौतम बुद्धको जन्मस्थल र विभिन्न खालका अन्य फरक कुराहरुले नेपालीहरु लाई विश्वभरमा चिनाएको छ । यस्तै नेपालीहरु लाई वीर गोर्खाली भनेर पनि चिन्दछन् । यि बाहेकका यस्ता सात कुराहरु जुन कुरामा नेपालीहरु निकै अगाडि छन् ।१.अनलाइन भोटिङ प्रशान्त तमाङ,अनुराधा कोइराला र तेरिया मगरलाई भोटिङ गरेरै नेपालीहरुले जिताएका हुन् । 
यस अर्थमा नेपालीहरु अनलाइनबाट गरीने जनमतमा निकै अगाढि रहेका छन् । २. नेपाली हुनुमा गर्व (देशभत्ति) नेपालीहरु आफ्नो देशप्रति निकै सवेंदनशील हुन्छन् । उनीहरु नेपाली हुनुमा निकै गर्वसमेत गर्दछन् । नेपालमा सगरमाथा,गौतम बुद्धको जन्मस्थल हरु रहेका छन् जसले विश्वभर नेपालीहरुलाई चिनाउन सहयोग पुर्याएको छ । विश्वमा करिब २०० देशहरु छन् तर अरु देशमा नेपालीमा जति देश प्रेम अरुमा देखिदैन । ३.पहुनालाई सत्कार गर्ने तरिका नेपालीहरु पहुनालाई देवता सरह नै मान्दछन् । बेलाबेलामा विदेशी पहुनाहरु आउदा नेपालीहरुले अदृतीय स्वागत गरेका छन् । ब्रायन एडम्स, सलिना गोमेज, डेभिड बेकह्याम, पछिल्लो समय राजकु्मार ह्यारी र भारतीय अभिनेत्रिहरु नेपाल आउदा गरिएको स्वागत विश्वमा विरलै मात्रमा हुनेगर्दछ । 
 ४.दान गर्ने बानी नेपालीहरु निकै दयालु हुन्छन् । यदि कुनै पनि सघसंस्थाले सहयोगका लागि रकम उठाएमा नेपालीहरुले खुलेर सकेको दान गर्दछन् । नेपालीमा एउटा उखान ज्यादै चर्चित छ ‘खाना पुगोस दिन पुगोस’ । ५.नेपाली टिमलाई समर्थन गर्ने तरीका नेपालमा खेलप्रेमी नेपालीहरु धेरै छन् । नेपाली टोलीले फुटबल,क्रिकेट जुनसुकै खेल खेलीरहेको होस नेपालीहरु दिलोज्यान दिएर समर्थन गर्छन् । समर्थन गर्ने तरिका अरुकोभन्दा फरक खालको छ । ६.आन्दोलन,विरोध,बन्द,चक्काजाम,हड्ताल र जुलुस विश्वमा कहि यति धेरै आन्दोलन,विरोध,बन्द,चक्काजाम,हड्ताल र जुलुसहरु हुदैनन् । 
नेपाल यो मामिलामा पनि निकै अगाडि रहेको छ । नेपालमा धेरैपटक जनआन्दोलन र हड्तालहरु भएको हामीले देखेका पनि छौ । ७.सगंठन निर्माण नेपालीहरु एकआपसमा भेटघाट गर्न, गफिन र यसकै नाममा राजनीति गर्न रुचाउछन् । मानौ नेपालीहरुको १० जनाको समुह जम्मा भयो भने उनीहरुले त्यहा पनि सगंठन खोलिहाल्छन् । यो क्रम नेपाल भित्र मात्र नभई नेपाल बाहिरका प्रवासीहरुले पनि थुप्रै प्रवासी सगंठनहरु खोलेका छन् ।

, ,

0 comments

Write Down Your Responses