पाइलट लिम्बुले करिब दुइ हप्ता अगाडी आफ्नो फेसबुक वालमा लेखेको स्टाटसको ठिक बीपरित भयो आज कति खेर कहाँ पुगेर हेलिकप्टर जस्तै जीबन ठोकिने हो थाहा नै नहुने !
काठमाडौं, न्यूज अभियान । फिस्टेल हेलिकप्टरका पाइलट रन्जन लिम्बुले फेसबुक वालमा करिब दुइ हप्ता अगाडी ह्यापी मनसुन, स्टे र एन्ड सेफ भनेर स्टाटस अपडेट गरेका थिए । तर दुर्भाग्य आज उनैको दुर्घटनामा परि मृत्यु भएको छ ।
मनसुनको समयमा आकाशमा बादल हुनु र थाहानै नपाइ भारि बर्षा हुनु सामान्य हो । हेलिकप्टर चालकलाई यी कुराहरुको ज्ञान हुन्छ र मौसम अनुसार उनीहरुले सतर्कता पक्कै पनि अपनाएका हुन्छन् नै तर भाग्यको खेल कसलाई के थाहा ?
कति खेर कहाँ पुगेर हेलिकप्टर जस्तै जीबन ठोकिने हो थाहा नै नहुने रहेछ ? यस्तै भयो चालक रंजन लिम्बुलाई आज ।
हाइ अल्टिच्यूटमा उड्ने तालिमप्राप्त लिम्बुले १६०० घन्टा उडान भरिसकेका थिए !
नुवाकोटको मदनपुर-९ पाखुरेमा सोमबार दिउँसो दुर्घटना भएको हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए। झापा धाइजन ६- पिपलडाँगीका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्द भएका थिए।
को- पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए। २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन्। दुई दाजुभाइ मध्ये कान्छो छोरा लिम्बुका सबै परिवार बेलायतमै बस्छन्।
नेपालमै केही गरौं भनेर बेलायतको आवासिय सुविधा छोडेर लिम्बु नेपाल आएका पारिवारिक स्रोतले जनाएको छ।
हाईअल्टीच्यूटको समेत प्रशिक्षण लिएका लिम्बुले स्विटजरल्याण्डमा स्लीङ्ग अपरेशनकोसमेत प्रशीक्षण लिएका थिए। सोमबार गोरखाबाट सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गएका उनी काठमाडौं फर्किँदा दुर्घटनामा परेका थिए।


0 comments
Write Down Your Responses