सुन्दा पनि अचम्म हेर्नुस यी बुद्धीबहादुरको बुद्धी बिग्रदा आफ्नो श्रीमतीको दबाबमा आफ्नै आमाको हत्या
जाजरकोट जग्गा नामसारी गर्न नमानेको भन्दै यहाँको एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । जिल्लाको सक्ला गाविस वडा नं १ लैखमका बुद्धिबहादुर खत्रीले गत साउन २२ गते बञ्चरोले हानेर आमाको हत्या गरेका गरेका हुन् । उनले योजनाबद्ध तरिकाले आमाको हत्या गरेको स्वीकार गरेका छन् । हत्या गर्नअघि दुई दिन अघि उनले घर नजिकैको बारीमा खाल्डो खनेका थिए । आमाको हत्या गरी त्यही खाल्डोमा खत्रीले लास गाडेको प्रहरीले जनाएको छ ।
सम्पत्तिको लोभमा नै बुद्धिबहादुरले ६५ वर्षकी आमा देउमतीको हत्या गरेको प्रहरीले भनाई छ । बुद्धीबहादुरको बाबुको मृत्यू पछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । लैखम साँघुतरा नलसिंहगाड जलविद्युत आयोजना निर्माण गर्दा प्रभावित क्षेत्रका नागरिकलाई आयोजनाले मुआव्जा दिने भएपछि आमाबाट वुद्धीवहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाब दिँदै आएका थिए । तर, आमा नामाने पछि उनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
खत्रीले यसअघि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भिरवाट खसालेर मार्ने योजना समेत बनाएको तर असफल भउको स्वीकार गरेका छन् ।
घटनास्थल लैखम विद्युत आयोजनाको बाँध निर्माण स्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युतगृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ ।
केही समयमै निवेदन संकलन गरि मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी ४ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ ।
बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाई छ ।
यसरी भयो हत्या
खत्रीले गत साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरो प्रहार गरी देउमतीको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । हत्याको दुई दिन अघि नै उनले घरको छेउमा खाल्डो खन्न शुरु गरेका थिए । खत्रीले श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखुन् भनी आवतजावत गर्ने मानिसमाथि निगरानी गर्न लगाएका थिए । खाल्डो खनेर तयार भएको दुई दिन पछि खत्रीले योजनाअनुसार आमाको निर्मतापूर्वक हत्या गरेका थिए । निमित्त प्रहरी प्रमुख हिक्मत बोहराका अनुसार खत्रीले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए ।
उनले प्रहरी चौकी सेपुखोलामा भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वभाविक र शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि निगरानीमा राखेको थियो ।
सासु मार्न बुहारीको दबाब
आफ्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासुको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दबाब दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ ।
देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाती कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोशिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरु पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए ।
घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ ।
‘पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दवाव दिएको देखिएको छ’ घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, ‘नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ ।
अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बुद्धिबहादुर र शर्मिलालाई पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोटले अनुसन्धानका लागी ५ दिन थुनामा राख्न आदेश दिएको छ । हत्यामा संलग्न दुवै लोग्ने स्वास्नीलाई आजीवन कारावासको सजाय माग गदै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताए ।
खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार मात्र उत्खनन् गरेको छ ।
लास सडिसकेको अवस्था भेटिएको भट्टले बताए । लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक भट्टले बताए ।
श्रीमान–श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अबको १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरीको भनाई छ ।
लोग्ने स्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको विचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षकी दुई छोरी र ७ वर्षका छोराको घरमा हेरिदिने कोही नहुँदा बिचल्ली भएको हो ।


0 comments
Write Down Your Responses