कञ्चनपुरको भुजेलामा फेरि अर्को युवकको रहस्यमयी हत्या स्थानीय त्रसित हेर्नुस पुरा

महेन्द्रनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलामा फेरी एक युवकको रहस्यमयी हत्या भएको छ । रोहित विष्ट हत्याकाण्ड भएको महिना दिन नपुग्दै आज फेरी एक युवकको हत्या भएर बेवारिसे अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नैनसिह कार्कीले भुजेलाकै ३३ बर्षिय स्थानिय भरतसिंह धामी मृत अवस्थामा फेला परेको बताउनुभयो । बुधबार बिहान स्थानियहरुले भुजेला खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धामीको शव नचिनिने अवस्थामा फेला परेको छ । स्थानियहरुका अनुसार भारतमा रोजगारी गर्दै आएका धामीले केही दिन अघि मात्रै घर आएका थिए । गत साउन पहिलो साता भुजेलाकै २४ बर्षिय रोहित विष्ट हत्याकाण्ड भएको महिना दिन नपुग्दै फेरी धामीको हत्या भएको भन्दै स्थानियहरु त्रसित भएका छन् । साउन ५ गते मोटरसाईकल किन्छुभन्दै घरबाट हिडेका विष्टको हत्या पछी साउन ९ गते भुजेला खोलामै मृत अवस्थामा फेला परेका थिए । कञ्चनपुर प्रहरीले भने हत्या या कालगती बारे केही खोलेको छैन् । घटनाका बारेमा अनुसन्धान भईरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता नैनसिह कार्कीले बताए । भुजेलाका स्थानियहरुले घटनाको निश्पक्ष छानबिन र दोसीलाई कानुनी कार्बाही गर्न माग गरेका छन् । स्थानियहरुले महिनै पिच्छे घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बषौँ देखि मिलेर बसेको समाजमा महिनै पिच्छे घटना हुन दुखत भएको स्थानियको चिन्ता छ ।

, , ,

0 comments

Write Down Your Responses