फेशबुके पिरतीले गर्नुगर्याे ज्वाम क्यानडाको पीआरधारी ठानेर बिहे गर्दा ड्राइभरको फन्दामा हेर्नुर्स पुरा पढ्नुस

झापा नेपालीहरुमा फेसबुकको नशा बेजोडले बढेको छ । सहरमा मात्र होइन, गाउँ गाउँसम्म फेसबुक अकाउन्ट खोल्ने लहर चलेको छ ।यही फेसबुकको माध्यमले कतिपयले चिनजान गरेर बिहे गरेका छन् । फेसबुकले नै देशविदेशमा रहेका आफन्त नजिक भएका छन् ।
 यही फेसबुकले कतिपयको जिन्दगी भने बर्बाद समेत हुने गरेको छ ।फेसबुकमार्फत् चिनजान भएकी एक यसवकसँग बिहे गर्दा गत महिना झापाकी एक युवती बर्बाद भइन् । क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन् । चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाई उनले आफू क्यानडाको पीआरवाला भएको भ्रममा पारी बिहे गर्दै पैसा लुट्दै आएका थिए ।
 पराजुलीले झुक्याएर बिहे गरेको भन्दै झापा प्रहरीले पक्राउ गरी उनलाई बलात्कार मुद्दा चलाएपनि उनी अहिले जेल चलान भएका छन् ।त्यस्तै घटना बारम्बार भइरहेका छन् । फेसबुकबाट चिनजानकै भरमा धेरैको जिन्दगी बर्बाद भइरहेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

, , ,

0 comments

Write Down Your Responses