गुन्डा नाइके कुख्यात दीपक मनाङगेलाई यसरी दिइयो उन्मुक्ति पुरा हेर्नुहोस
काठमाडौं, १४ भदौ । कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा उम्नुक्ति पाएका छन् ।
प्रहरीले पटक–पटक अनुसन्धान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालयले मानाङे र उनका सहयोगीविरूद्ध सामान्य मुद्दा दर्ता गरी उन्मुक्ति दिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा प्रहरी रायभन्दा फरक र फितलो मुद्दा दर्ता गराएको हो ।
अदालत उच्च स्रोतका अनुसार मनाङे र उनका सहयोगी राजनकुमार सिंहबाहेक अन्य फरार व्यक्तिबारे समेत सरकारी वकिल कार्यालयले बनाएको मिसिलमा उल्लेख छैन ।


0 comments
Write Down Your Responses