नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकोप्टर यस्तो अवस्थामा भेटियो हेर्नुस भिडियो फाेटाे फिचर सहित

काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको विमान पूर्ण क्षतविक्षत अवस्थामा भेटिएको छ । गोरखाबाट सुत्केरी बिरामी लिएर उडेको हेलिकोप्टर नुवाकोटको मदनपुर ९ बेतीनि जंगलमा दुर्घटनाग्रस्त भएको थियो । दिउँसो साढे १२ बजे गोरखाबाट उडेको हेलिकोप्टर आधा घण्टापछि नै सम्पर्कवीहिन भएको थियो ।
दुर्घटनामा गोरखाको सिर्दीवास गाविस २ का ६० बर्षिय कितमान गुरुङ्ग उहाँकी श्रीमती ५६ बर्षिया अज्ञानी गुरुङ्ग, सुत्केरी बिरामी १९ बर्षीया किर्ती गुरुङ्ग, उहाँको ५ दिनको छोरा, किर्तकी आफन्त गोरखाकै उहिया गाविस खोर्लाबेसीकि २८ बर्षिया लक्ष्मी गुरुङ्ग सिर्दीवास स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी ईटहरी घर भएकी करीब २२ बर्षिया निशा तामाङ्ग र पाइलट रञ्जन लिम्बु रहेका छन् ।

, , ,

0 comments

Write Down Your Responses