‘वारि जमुना पारि जमुना’का चर्चित गायक खेमराज गुरुङको निधन सेर गर्नुस र रिप भनेर कमेन्ट गर्नुस

काठमाडौं : ‘वारि जमुना पारि जमुना…’ बाेलकाे गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा लाेकप्रिय बनेका गायक खेमराज गुरुङको असामयिक निधन भएको छ। जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको अाज(बिहीबार) साँझ अस्पतालमै निधन भएकाे गायक राजेशपायल रार्इले नागरिकन्युजलार्इ जानकारी दिएका छन्।
 थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थिए। ‘मेदान्त अस्ताल लाने तयारी सबै विफल भएकाे छ, खेमराज दाइ अब हामी माझ रहनु भएन,’ शाेक मिश्रित अावाजमा रार्इले भने। गुरूङकी श्रीमति हङकङबाट अाइपुगेकाे र युकेबाट अामा र दुर्इ दिदीहरू अाउन लागेकाे उनले जानकारी दिए।
 ‘उहाँहरू सबै उतैबाट मेदान्त हस्पिटल दिल्ली जाने तयारी थियाे,’ गायक राइले भने। स्वर्गीय गुरू्ङका दुर्इ छाेराछाेरी छन्। गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत रार्इले जानकारी दिए। वारि जमुना पारि जमुना बाेलकाे गीतले चर्चाकाे शिखरमा पुर्याइएका गुरूङकाे ‘आलुतामाले…’ बाेलकाे गीतसमेत चर्चित छ। संखुवासभामा जन्मिएका गायक गुरूङका करिब एक दर्जन गीति संग्रहहरू सार्वजनिक छन्।

, , , ,

0 comments

Write Down Your Responses