बर्खरै केही हप्ता अघिदेखि संचालनमा आएको चन्द्रागिरी केवलकारमा रमाउन गएकाहरु रोएर फर्किए हेर्नुस भिडियो सहित
काठमाडौँ केही हप्ता अघिदेखि संचालनमा आएको चन्द्रागिरीको केवुलकारमा चढेर रमाउन गएकाहरु आज रोएर फर्किएका छन् । करिब पौने घण्टा केवलकार बीचमै अड्किएपछि यात्रुहरुबीच कोकोहोला मच्चिएको हो । यात्रामा रहेका बालबालिकाहरु रुनुका साथै डराएर चिच्याएको यात्रुहरुले बताएका छन् ।केवलकार लामो समयसम्म रोकिदां अक्सिजनको अभावले श्वास फेर्न समेत गाह्रो भएर यात्रुहरु आतिएका थिए । पहिले पौने घण्टा जति रोकिएको केवलकार एकछिन चलेर फेरि १५ मिनेट जति रोकेको थियो ।
यसरी एक घन्टामा दुई पटक केवलकार रोकिएपछि घुम्न गएका यात्रुहरु आक्रोसित भएका थिए भने टिकट काटिसकेकाहरुले पैसा फिर्ता मागेका थिए ।
चन्द्रागिरी हिल्स लिमिटेडले भने बिद्युतिय प्रसारणमा भएको गडबढीले केही समय केवलकार बन्द भएको जानकारी दिएको छ । तर करिब एक घण्टा सम्म केवलकार बन्द हुँदा पनि ब्यबस्थापन पक्षले तदारुकता नदेखाउनुले ब्यबस्थापकीय असक्षमताका रुपमा हेरिएको छ ।


0 comments
Write Down Your Responses