प्रधानमन्त्रीको निर्देशनपछि साउदी सरकारले समस्यामा परेका नेपाली कामदारहरुलाई अब स्वदेश फर्काउने

काठमाडौं, साउन २५ । साउदी सरकारले साउदी ओगार कम्पनीमा कार्यरत नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने बताएको छ । साउदी ओगार कम्पनी आर्थिक समस्यमा परी बन्द भएकोले सो कम्पनीमा कार्यरत विदेशी नागरिकलाई स्वदेश फर्काउन साउदी सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने जानकारी प्राप्त भएको नेपाली महावाणिज्यदूतावास जेद्दाले जनाएको हो । 
 दूतावासले ६ जनालाई नेपाल पठाइसकेको र अन्यलाई अगस्त १ देखि खानाको व्यवस्था मिलाइएको समेत जनाएको छ । दूतावासले कुनै समस्या परेमा साउदी दूतावासको फोन नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि साउदीस्थित नेपाली कन्सुलेट जनरलको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उक्त कुरा जनाइएको हो ।

, ,

0 comments

Write Down Your Responses