ईपीएस खारेज गर्नको लागि कोरियाली मजदूर संगठनहरुको माग पुरा पढ्नुस
सोल-दक्षिण कोरियाली मजदूर संगठनहरुले रोजगार अनुमति प्रणाली (ईपीएस) खारेज गर्न माग गरेका छन् | उनीहरुले ईपिएसले प्रवासी मजदुरको हक अधिकार हनन गरेकाले यो प्रणाली खारेज गरि कार्य अनुमति प्रणाली (डब्लुपीएस) लागु गर्न माग गरेका हुन् |
कोरिया कन्फेडेरेसन ट्रेड युनियन (केसिटियु) र माइग्रेन्ट ट्रेड युनियन (एमटियु) का अधिकारीहरुले आइतबार ईपीएस खारेज गर्ने आफ्नो माग दोहोर्याउन्दै सोल विभिन्न शहरहरुमा जुलुस प्रदर्शन गरेका थिए |
प्रदर्शनमा केसिटियुको उपाध्यक्ष, अस्थाइ तथा असंगठित बिभाग प्रवासी मजदुर जिम्बेवार, बिभिन्न देशको प्रवासी संस्थाको प्रतिनिधि, एक्यबद्धता जनाउने बिभिन्न कोरियन मजदुर सगठनको प्रतिनिधिहरु बिभिन्न देशको प्रवासी मजदुरहरु सहभागी रहेको थियो ।
जुलुस सभालाई सम्बोधन गर्दै प्रवासी मजदुर संगठन (एमटियु)को अध्यक्ष उदय राईले भने ‘कोरियन सरकारले लागु गरेको ईपिएस लगायत अन्य भेदभाबपुर्ण नितिको कारण हामी प्रवासी मजदुरले भोगिरहेको पिडाहरु सरकार र कोरियन जनतालाई सुनाई समस्या समाधानमा पहल गर्न दबाब दिन याहा जम्मा भएको छौ ।‘
उनले थपे ‘भन्दै कोरियन सरकारले प्रवासी मजदुरको निम्ति लागु गरेको निति नियमहरु उत्तम भएको भनि प्रचार गरिरहेको छ ।‘
अध्यक्ष राईले कोरियन जनताको पनि आफनो देशमा प्रवासी मजदुरहरुले बिना समस्या मजदुरी जिबन बिताई रहेको बताउंदै कोरियन सरकारले प्रचार गरेको र कोरियन जनताले सोचेको भन्दा प्रवासी मजदुरको मजदुरी गर्ने स्थिति ज्यादै नाजुक रहेको खुलासा गरे | उनले थपे ‘बिदेशी कामदारको स्थिति नाजुक भएकैले प्रवासी मजदुरलाई कम्पनी परिबर्तन गर्न पाउने स्वेच्छिक अधिकारको प्रत्याभूति हुनुपर्दछ |’
यसै गरि केसिटियुको उपाध्यक्ष किम ओक तुङले प्रवासी मजदुरको रुपरग कोरियनको भन्दा फरक भएको कारणले धैरै किसिमको भेदभाबहरु सरकारबाट भईरहेको बताए ।
‘प्रवासी मजदुरहरु कोरियन मजदुर जस्तै समान मजदुर अधिकार भएको मजदुर हुन । तर ईपिएस प्रणालीमा सबै उनीहरुको अधिकार खोसीएको र कम्पनी मालीको अधिकार मजबुद बनाईएको छ ।‘ उनले भने ‘केसीटियुले प्रवासी मजदुरहरुको आगमनसगै उनीहरुको हक अधिकारको निमित्त बिभिन्न संघर्ष गर्दै आइरहेको छ ।‘
आक्रामक रुपमा मन्तब्य दिएका किमले औधोगिक प्रशिक्षण प्रणाली खारेज गर्नको लागि गरिएको संघर्षमा केसिटियु लगायत यहाँ रहेको प्रवासी मजदुरको निरन्तर लागेको थियो ।
आउने दिनहरुमा पनि केसिटियु प्रवासी मजदुरको समस्या समाधान गर्न, ईपिएस खारेज गरि डब्लुपिएस लागु गर्नको लागि कोरियन सरकारलाई निरन्तर दबाब दिने छ । तर यसको लागि प्रवासी मजदुर स्वयम पनि एक जुट भई संघर्ष गर्न अतिजरुरी छ ।
यो आजको आवाश्यकता रहेको बताए |
आजको प्रवासी मजदुर जुलुसमा बिभिन्न देशको प्रवासी मजदुरहरुले आफनो भनाइहरु राखेको थियो । यसै क्रममा कम्बोडियाको प्रवासी मजदुर साथै कम्बोडियन सम्पर्क समितिकी अध्यक्ष सुरेनाले कृषि क्षेत्रको मजदुरहरुको सेवा सुबिधामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, ईपिएस प्रणाली खारेज गर्नु पर्ने, आवासको भाडा जथाभाबी लिने कृषकलाई कार्बाही गर्नु पर्ने माग राखेको थियो । फिलिपिन कासामाकोको सदस्यले प्रवासी मजदुरलाई एक पटक प्रयोग गरेर फयाकिने सामानको रुपमा ब्यबहार गर्न नहुने साथै उनीहरुलाई मानबिय ब्यबहार गर्नु पर्ने, अहिलेको प्रवासी मजदुरलाई दास बनाउने रोजगार अनुमति प्रणाली –(इपिएस ) चाडो भन्दा चाडो खारेज गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
बङगलादेशको मजदुर पलासले ई्पिएस प्रणालीमा के कस्ता नराम्रो कुराहरु छन भन्ने कुरा तपाइ हामी सबै प्रवासी मजदुरलाई राम्ररी थाहा छ नै ।
यसको खारेजीको लागि सबै प्रवासी मजदुरहरु एक जुट हौ भन्नु भयो । नेपालको प्रवासी मजदुरको तर्फबाट रोसन राईले(एमटियु ओसान शाखा)ले प्रवासी मजदुरहरुको ईपिएसमा धेरै अधिकार कटौति भएको छ । बिभिन्न समस्याहरु भोग्नु परिहेको छ । कम्पनीमा दिईने दबाबको कारण प्रवासी मजदुरहरुले मानसीक सन्तुलन गुमाउने, मानसीक तनाबबाट मुक्ति पाउनकोलागि आत्माहत्या समेत गर्ने गरेको छन । आत्माहत्या गर्ने नेपाल लगायत बिभिन्न देशको प्रवासी मजदुरहरुको संख्या सानो छैन ।
ईपिएस प्रणाली खारेज भएमा हामी कोरिया आउन पाउदैनौ भन्ने सोचाई राख्ने नेपाली मजदुरहरु धेरै छन । तर यो गलत सोचाए हो । इपिएस खारेज भए पनि डब्लुसिएस मार्फत हामी कोरिया आउन पाउछौ तपाइहरु ढुक्क हुनु होला ।
कोरियन सरकारले ईपिएस खारेज गरि डब्लुपिएस लागु गर्नु ढिलाइ गर्नु नहुनेमा जोड दिनु भयो ।
जुलुस दिनको ३ बजेदेखि सोल फोसिन्गाकमा शुरु भएको थियो । पहिलो चरणको कार्यक्रम समाप्त भएपछि बिभिन्न मागको नारा लगाउदै छोङनो २गा हुदै मार्च गर्दै सउल क्षेत्रिय श्रम कार्यलयमा पुगी दोश्रो चरणको कार्यक्रम गरि सभा समापन गरिएको थियो । श्रम बिभाग अगाडि प्रवासी मजदुरको हकअधिकारको निम्ति एक्यबद्धता जनाउने बिभिन्न कोरियन संगठनको प्रंतिनिधिहरुले प्रवासी मजदुरको अधिकारको बारेमा आफनो भनाइ राखेका थिए |


0 comments
Write Down Your Responses