आयो अब खुसीको खबर अब हराएको पासपोर्ट बनाउन प्रहरी रिपोर्ट र विज्ञापन छाप्न नपर्ने यसरी बन्छ पासपोर्ट पुरा जानकारीको तल क्लिक गरेर पढ्नुस
काठमाडौं प्रहरी कार्यालयले राहदानी(पासपोर्ट) हराएमा प्रहरी रिपोर्ट चाहिने ब्यबस्थालाई हटाएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट र पत्रिकामा छापिएको विज्ञापन ल्याउनुपर्ने व्यवस्थालाई हटाएको हो। प्रहरी रिपोर्ट, विज्ञापन ल्याउनुपर्ने प्रक्रिया झन्झटिलो र सर्वसाधारणले बढी सास्ती खेप्नुपरेको भन्दै राहदानी विभागले सहजताका लागि उक्त व्यवस्था हटाएको बताएको छ ।
नेपाल प्रहरीसँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए। अब पत्रपत्रिकामा पनि राहदानी हरायो भनेर सूचना दिइरहनु पर्दैन’, महानिर्देशक थापाले भने, ‘सिधै राहदानी विभाग आएर जानकारी गराउन सक्छन् ।’ थापाका अनुसार पासपोर्ट हराए अब सिधै राहदानी विभागमा गएर निवेदन दिन सकिनेछ।
त्यसपछि विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ।
यस्तो हुनेछ प्रक्रिया
राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले बढीमा ५ मिनेट भित्रमा रिप्लाई गर्नेछ। त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ । इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि सो बारे जानकारी गराउनेछ।
हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्ने महानिर्देशक थापाले बताए । राहदानी विभागले नयाँ व्यवस्था लागू भएपछि अरूको नाममा पासपोर्ट बोकेर यात्रा गर्ने, एमआरपी अरुलाई बेच्नेजस्ता काम बन्द हुने उनले बताए ।


0 comments
Write Down Your Responses