दुई भाइहरुसहित पूर्वगृहमन्त्री घिमिरे अझै पनि बेपत्ता कार पनि भेटिएन हेर्नुस पुरा खबर

काठमाडौं –पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप आइतबार साँझ चितवको तारेचोकस्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको थियो । सो जीप अझै नभेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । एसपी वसन्त कुँवरका अनुसार आइतबार राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेपनि भेट्न सकिएको छैन् । ‘
हामीले राति १ बजेसम्म खोज्यौं’ एसपी कुँवरले भने, ‘पानीको तीव्र बहाबको कारण गाडी बगाएर तल्लो भागतिर पुर्याएको हुनुसक्ने अनुमान गरिएको छ ।’ उद्दारकर्मीहरुले राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो । जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो । 
गोताखोर समेत खोजी कार्यमा जुटेका छन् । गाडीसँगै माधव घिमिरे उनका भाई प्रकाशचन्द्र घिमिरे र अर्का भाई मोहन घिमिरे बेपत्ता छन् । त्यस्तै, गाडीमा सवार उनका अंगरक्षक आरसी कार्की र आमा चैतन्यकुमारी घिमिरे र आफन्त नारायण काफ्लेको शव फेला परेको छ । चालकको भने चितवनस्थित पुरानो मेडिकलमा उपचार भइरहेको छ । मृतकहरुको आज पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

, , ,

0 comments

Write Down Your Responses