यी हुन् हेर्नुस रक्सी पिएर ललितपुरमा मध्यराति ग्याङ्फाइट गर्ने युवतीहरू तस्बिरसहित

काठमाडौं, ६ असोज । ललितपुर जिल्लाको बालकुमारीस्थित ‘गुडवील डान्सबार’मा बुधबार मध्यराति युवतीहरूले अलग अलग समूह बनाइ ग्याङफाइट गरेका छन् । ललितपुर उपमहानगरपालिका वडा नम्बर– ८ बालकुमारीस्थित जनक रावत र भीम मगरलगायतले सञ्चालन गरेको गुडवील डान्स बारमा बुधबार मध्यराति ११ बजेतिर मादक पदार्थ रक्सी सेवन गरेर बियरका बोत्तलले एक अर्का समूहलाई हानाहान गरिरहेकै अवस्थामा प्रहरी पुगेको थियो । 
स्थानीयले डान्स बारमा युवतीहरूवीच हानाहान भएको जानकारी प्रहरीलाई गराएपछि बालकुमारी प्रहरी टोली पुगेको डिएसपी रामेश्वर यादवले जानकारी दिनुभयो । ग्याङ्फाइटमा युवतीहरू सामान्य घाइते भएका छन् । ‘गुडवील डान्स बारमा भेला भई मादक पदार्थ रक्सी सेवन गरी बियरका बोत्तलहरू एक आपसपमा प्रहार गरी ग्याङ्फाईट गरी स्थानीय सर्वसाधारण मानिसहरूलाई त्रसित गराई अशान्ति वातावरण सृजना गरेको खबर पाएपछि प्रहरी टोली गएर सबैलाई पक्राउ गरेर ल्याएको छ’, डिएसपी यादवले भन्नुभयो, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । कारबाही अगाडि बढाएका छौँ ।’ मादक पदार्थ रक्सी पिएर श्रीया तामाङ, सञ्जु गुरुङ तथा सुशीला तामाङ, सोफिया तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीले छुट्टाछुट्टै समूह बनाइ ग्याङ् फाइट गरेको यादवले बताउनुभयो । 
ग्याङ्फाइट गर्ने सबै युवतीहरूलाई पक्राउ गरी हिरासतमा राखिएको उहाँले बताउनुभयो । राजधानीमा युवाहरूवीच ग्याङ्फाइट हुनेका गरेका समाचार बेला बेला आउन गरे पनि युवतीहरू नै समूह बनाएर बियरका बोत्तलले हानाहान गरेका घटना बिरलै आएका थिए । तर बुधबार राति एकाएक युवतीहरूवीच ग्याङ्फाइट भएको समाचारले सबैलाई चकित तुल्याइ दिएको छ ।

, , ,

0 comments

Write Down Your Responses