अब देखि २० वर्ष पुगेका सवारीसाधन आउट

१३ कात्तिक, काठमाडौं । अब २० वर्ष पुगेका सवारीसाधन आउट१३ कात्तिक, काठमाडौं । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो ।
त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । ‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हामीले हटाउन लागेका हौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो ।
 त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’ मन्त्रिपरिषदले २०७१ भदौ २६को बैठकले २० वर्ष पुरानो सावरुसिाधन चलाउन नपाउने निर्णय गरेको थियो ।

, ,

0 comments

Write Down Your Responses