गरिबीका कारण १५ दिनको शिशुलाई आमाबुवाले यसरी बेचिदिएपछि हेर्नुस पुरा

एजेन्सी। भारतको तेलङगानास्थित नलगोडा जिल्‍लामा १५ दिनको बच्चालाई उसको आमाबुवाले बेचिदिएका छन्। करीब १० हजार रुपैंयामा उनीहरुको एक निसन्तान दम्पत्तिलाई आफ्नो १५ दिनको बच्चालाई बेचिदिएका हुन्।
 तेलङगानास्थित वेमुलापल्ली प्रहरीले सुरुमा छानबिन गर्दा बच्चा बेच्ने दम्पतिको तीन छोरी पहिलेदेखि नै रहेकाले बेचिदिएको बताएका छन्। परिवारको चरम आर्थिक संकट भोगिरहेकाले सन्तानहीन दम्पत्तिलाई बेचिदिएको बच्चाको आमाबुवाले प्रहरी समक्ष बयान दिएका छन्। 
तर, बाल कल्याण परियोजनाका अधिकारीहरुले भने अभिभावकको वित्तिय स्थितिको कारण नवजात शिशु बेचिएको सूचना प्रहरीलाई दिएका थिए। यसकारण प्रहरीले उनीहरुसँग शिशु बेचेको बारेमा छानविनका लागि नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए।

, , , ,

0 comments

Write Down Your Responses