दिपावली मनाउँदा यस्तो पनि हेर्नुस जुवामा श्रीमती नै हारेपछि
एजेन्सी । नेपाल र भारतमा धुमधामका साथ मनाइने तिहार अर्थात दिपावलीमा धेरैले रमाइलोका लागि जुवातास खेल्छन् । जसले धेरैलाई घर न घाट बनाइदिएको छ । तिहारका बेला जुवामा पैसा, घरखेतदेखि आफ्नै श्रीमतीसम्म सौदाबाजी हुने गरेको तथ्य आइरहेका छन् ।
यसैक्रममा भारतको राजस्थानस्थित राजधानी जयपुरमा एक पुरुषले जुवामा आफ्नै श्रीमती हारेका छन् । यो कुराको खुलासा पीडित महिलाले जयपुरको आमेर प्रहरी थानामा उजुरी दिएपछि भएको हो । यो घटनापछि प्रहरीले जुवाडेमाथि कारवाही तीव्र पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसरी भयो जुवामा श्रीमतीको सौदाबाजी
जुवामा पत्नीलाई दाउमा लगाउने घटना राजधानी जयपुरको फ्रेन्ड्स कोलोनीको हो । यहां रोशन आरा बेगम नामकी पीडित महिलालाई उनका पति अफजल खानले तीन दिनअगाडि आफ्ना साथीसँग जुवामा हारेका थिए ।
त्यसपछि बेगमलाई पतिका साथीसँग जबरजस्ती शारीरिक सम्बन्धका लागि बाध्य पारियो । अफजल खानले जुवामा भएभरको पैसा र घरखेत हारिसकेपछि अन्तिममा श्रीमती बेगमलाई दाउमा लगाएका थिए ।
प्रहरीमा उजुरी दर्ता, पति र पीडक पक्राउ
पीडित महिलाको उजुरीका आधारमा जयपुरको आमेर थानामा बलात्कार मुद्दा दर्ता भएको छ । पीडित महिलाले पुलिसमा आफ्ना पनि अफजलमाथि धोकामा राखेर आफ्ना साथी हबीबबाट बलात्कार गराएको आरोप लगाएकी छिन् । आमेर पुलिसले बेगमका पनि अफजल र उनका साथी हबीबलाई गिरफ्तार गरी घटनाको अनुसन्धानमा लागेको छ ।


0 comments
Write Down Your Responses