नेपाल सरकार आफैले पहिलो चरणमा छानिएका सबैकामदार एक महिनाभित्र इजरायल पुग्ने, १४ जनाले काम थाले र कस्ता कस्ता काम हुन्छन जानीरखानुस
काठमाडौं, १८ वैशाख । नेपाल सरकार आफैले पहिलो चरणमा केयर गिभरमा रुपमा इजरायल पठाउने भनेका सबै युवालई एक महिनाभित्रै पठाउने अन्तिम तयारीमा जुटेको छ ।
इजरायलले पहिलो चरणमा ५९ जना नेपाली युवालाई केयर गिभरका रुपमा लैजाने गरी छनोट गरेको छ ।
पहिलो लटमा १४ जना नेपालीले इजरायल पुगेर काम थालिसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।इजरायलमा नेपाली युवालाई काम गर्ने वातावरण राम्रो रहेको विभागका निर्देशक जनकराजको भनाई छ । ४५ जनालाई एकैपटक इरजयरल लगिने रेग्मीको भनाई छ । अन्तिम चरणको भाषा परीक्षा पास गरेर स्वास्थ्य परीक्षणमा सफल भएका कामदार इजरायल पठाउन सुरु भएको हो ।
भाषा परीक्षा ६० जनाले पास गरे पनि एकजना स्वास्थ्य परीक्षणमा असफल भएको उनको भनाई छ ।
२ देशबीच गत साउनमा भएको द्वीपक्षीय सम्झौतामा तीन सय नेपाली कामदार केयर गिभरका रूपमा छनोट गरिने उल्लेख छ । इजरायल सरकारसँग भएको समझदारीअनुसार पहिलो चरणमा कामदार लगेपछि दोस्रो चरणका लागि छनौटको नयाँ प्रक्रिया सुरु हुनेछ ।
दक्ष कामदार जो खाडी र मलेसिया जान चाँहदैनन् उनीहरुका लागि इजरायल आकर्षक गन्तब्य हो । इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ ।
इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
३ महिनाको केयरगिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयुमा उल्लेख छ । पहिलो चरणमा कामदार छनोट गरिन्छ ।
इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा शुल्क, हवाइ खर्च सहित लगभग ९५० डलर तिर्नुपर्छ । इजरायलले विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरेको छ ।


0 comments
Write Down Your Responses