फेरी हुम्लामा अज्ञात रोगले १६ जनाको मृत्यु धेरैजसो गाउँमा सिटामोलसमेत नपाइने पुरा पढ्नुस यी दुखद खबर

हुम्ला, १४ वैशाख– टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिने अज्ञात रोगबाट हुम्लामा दुई सातायता १६ जनाको मृत्युभएको छ ।
 मदाना राया र स्याडा गाविसमा मृत्यु भएकाहरु ५० वर्षमाथिका छन् । रोडिकोट, सायाँ बराई, मल्छाममा, कालिका मैलालगायत गाविसमा पनि रोग फैलिएको छ । कयौं बिरामी छन् । जिल्लाभर नै रुघाखोकीजस्तो टाउको दुख्ने र व्वरो आउने रोग फैलिएको छ ।
 ‘मेरी आमा बिरामी हुनुभयो, गाउमा सिटामोलसमेत पाइदैन ’ रोडिकोट गाविसको राहदेउ गाउँबाट सिमकोट पुगेका राजबहादुर ऐडीले भने, ‘जिल्लाको दक्षिण भेगका रोडिकोट सायाँ, बराई मेछाममा समेत रोग फैलिएको छ । कान्तिपुर दैनिकबाट

, , ,

0 comments

Write Down Your Responses