हेर्नुहोस दुखद खबर चारदिने सुत्केरीसहित एकै परिवारका ८ जनाको हत्या

वाशिंगटन डिसी, ११ वैशाख । अमेरिकाको ओहायो राज्यमा शुक्रबार मध्य राति मस्त सुतेको अवस्थामा परिवारका ८ सदस्यलाई गोली हानी हत्या गरिएको छ । परिवारका ८ सदस्यसहित ४ दिने शिशुको साथमा सुति रहेकी आमालाई समेत टाउकोमा गोलि हानी हत्या गरिएको छ ।
 ४ दिनको शिशुसहित तीन बालबालिका बाच्न सफल भएको समाचार एसोसिएट प्रेसकी पत्रकारद्वय ड्यान सेवेल तथा लिसा कर्नवेल ले सिन सिनाटी तथा मार्क गिलिस्पीले केल्वल्याण्डबाट लेखेका छन् ।ओहायो राज्यको गाउँमा हत्या गरिएको जानकारी पाइक काउन्टीका महा न्यायधिवक्ता माइक डे वाईन तथा प्रहरी चार्ल्स रिडर्सले जानकरी गराएका छन् ।
 झन्डै २८ हजार जनसंख्या रहेको उक्त पहाडै पहाड भएको क्षेत्र आर्थिक रुपमा निकै कठिनाई खप्दै आएको गाउँ ओहायो राज्यको सिनसिनाटीदेखि ८० माइल पूर्व पर्दछ । अत्यन्तै खतरा पूर्व रहेको सामुहिक हत्याका अपराधी अझै फरार रहेको जनाईएको छ । करिब २ देखि ३ जना सम्मले यस्तो जघन्य अपराध गरेको हुन् सक्ने अनुमान गरिएको छ । ४ दिन कि सुत्केरी आमालाई हत्या गरिएको छ भने ६ महिनाका र ३ बर्षका बालबालिकालाई कुनै चोट नलागी बाच्न सफल भएको जनाईएको छ ।
अनुसन्धानको लागि झन्डै ३० जनासंग सोधपुछ गरिएको छ । के कारणले हत्या गरिएको हो भन्ने अझ पनि रहस्यमय नै रहेको छ भने रोधन परिवारकी त्यी सदस्यलाई साबधान बस्न आग्रह गरिएको छ ।

, , ,

0 comments

Write Down Your Responses