ड्रेस साट्न जाउँ हिँड भन्दै अर्पाटमेन्टमा लगेर यसरी हाकिमले नै बलात्कार गरेपछि
कुवेत: कुवेतमा एक नेपाली महिला कम्पनीकै एक हाकिमबाट बलात्कृत भएकी छिन । चितवन घर भएकी ३१ वर्षीया तामाङ थर भएकी (नाम नखुलाउने सर्तमा) गत शुक्रबार बेलुका ४ बजेतिर उनी कम्पनीकै हाकिमबाट बलात्कृत भएकी छिन् ।
कुवेतको एक कम्पनीमार्फत अस्पतालमा वेटरको काम गर्ने ती महिलालार्इ कम्पनीको मानिसले ड्रेस साँट्न जाउँ भनी उसले कोठामा लगि बलात्कार गरेको उनी बताउँछिन् । उनी थप्छिन्, ‘शरीरमा नमिल्ने ड्रेस छोटो थियो, उसले आउ ड्रेस साँट्न जाउँ भन्यो र गाडीमा बस्न भनेर एउटा ठूलो विल्डिङको कोठामा लगेर बलात्कार गर्यो र कसैलाई नभन्न धम्की दिएर छोडिदियो ।
’ ८ महिना पहिले कुवेत आएकी ती महिलाको खासै कसैसँग चिनजान छैन् ।
घटनापछि भेटे जतिलार्इ आफ्नो यो व्यथा सुनाएकी छिन् । कोही कसैबाट सहयोगको आश्वशन नदिएको गुनासो गर्छिन् । ‘कसैले साथ दिएनन् बरु डर देखाउँछन बिरानो ठाउँ बोलिदिने र सुनिदिने कोही छैन् । अब के गरौँ इज्जत लुटियो, म माथि अपराध भयो, अफिसमा फोन गर्दा घटना जटिल भएको र मिलाउन नसकिने भन्दै धर्मेन्द्र नाम गरेको एक नेपालीले हल्ला नगर्न र चुप लाग्न दबाब दिए ।
’ रुवाबासी गर्दै दुतावास पुगेकी उनी न्यायको लागि दुतावास पुगेर घटनाको नालिबेली सुनाउँदा पनि दुतावासले खासै चासो नदिएको उनको भनाई छ । दुतावासका कर्मचारीको एकै स्वर छ, ‘२४ घण्टा नाघ्यो उजुरी गर्न ढिला भयो फेरीपनी न्याय दिलाउन हामी कोसिस गर्छौ ।
’ यस घटनाकाबारे कुरा गर्दै दुतावासकी श्रम–सहचारी गोमा ढकाल भन्छिन्, ‘केश दर्ता गर्न भनेका छौं, प्रमाण पुगेसम्म न्यायका लागि सकेसम्म हाम्रो तर्फबाट सक्दो प्रयास हुनेछ । ड्युटी जान कम्पनीले दबाब दिईरहेको भएपनि न्याय नपाएसम्म ड्युटी नजाने उनी बताउँछिन् । बलात्कार गर्ने अरबी मुलको व्यक्ति हो ।


0 comments
Write Down Your Responses