एक जना १४ वर्षीय किशोरले पेस्तोलसँग सेल्फी लिन खोज्दा पुरा पढ्नुस खबर
एजेन्सी: एक १४ वर्षीय किशोरले पेस्तोल लिन खोज्दा महंगो सावित भएको छ । भारतको पञ्जाव प्रान्तका ती किशोरले पेस्तोलसँग सेल्फी लिन खोज्दा गोली चलेपछि जीवन मरणको संघर्ष गरिरहेका छन् ।
सेल्फी लिन खोज्दा चलेको गोली टाउकोमा लागेपछि उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ। अस्पतालमा उनको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
शनिबार भएको घटनामा घाइते भएका किशोरको नाममा रमनदीप हो र उनी ९ कक्षाका विद्यार्थी हुन् ।
रमनदीपका पिता सिभिल कन्ट्र्याक्टर हुन् । उनीसँग लाइसेन्सवाला पेस्तोल थियो । समाचार अनुसार शनिवार रमनदीप पिताको पेस्तोल टाउकोतर्फ तेर्स्याएर सेल्फी लिइरहेका थिए ।
यस क्रममा गल्तीले ट्रिगर दब्यो र रमनदीप टाउकोमा गोली लाग्यो ।घटना भएका बेला रमनदीपकी बहिनी घरमा रहेकी थिइन् ।
गोली चलेपछि घटनाबारे बहिनीले तत्कालै उनका एक नातालाई खबर गरिदिएकी थिइन् । नातेदारले उनलाई तत्कालै अस्पताल पुर्याए ।
तर स्थानीय अस्पतालमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि लुधियाना लगिएको छ । जहाँ पनि उनको हालत गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
पुलिसले यो मामिलालाई दर्ता गरेर पेस्तो जफत गरेको छ। पुलिसले पनि यो घटना सेल्फी लिने क्रममै भएको पुष्टि गरेको छ।
डीएसपी मनोज कुमार यो मामिलाको जाँच भइरहेको जनाउँदै थप विवरण पछि आउने बताए ।


0 comments
Write Down Your Responses