के तपाईहरुको दाँत पहेँलो भएको छ? यदी पहेलो भएको छ भने यसरी चम्काउनुस जनिराख्नुस
मानिसले दैनिक रुपमा दाँतलाई प्रयोगमा ल्याउनुपर्छ । सुन्दरताको लागि होस् वा उपयोगीताको हिसाबले होस् दाँत मानिसको लागि महत्वपुर्ण हुन्छ तर दाँतमा नै समस्या भए त्यसले तनाव सृजना हुन्छ । पहेँलो दाँतबाट छ्ट्कारा पाउन अनगिन्ति उपाय छन् । दाँत चम्किलो बनाउनै केही घरेलु उपायः
बेकिङक सोडाः दातको रंग पहेलो भएमा बेकिङक सोडा सबैभन्दा बढी प्रभावकारी हुन्छ । एक कप चिसो पानीमा दुई चम्चा बेकिङ सोडा राख्नुहोस् ।
यो घोलमार्फत दिनमा दुई देखि तीनपटकसम्म मुख कुल्ला गर्नुहोस् । यसले दाँतका दाग र पहेलोपन हटाई चम्किलो बनाउँछ ।
कागतीः प्रतिरोधात्मक क्षमता, एन्टि ब्याक्टेरियल गुण, रोग निको पार्ने क्षमता लगायतका गुणका कारण कागती प्रसिद्ध छ । कागती दाँतलाई चम्किलो बनाउन पनि उत्तिकै उपयोग हुन्छ । कागती काटेर त्यसलाई निचोरेर एउटा भाँडोमा राख्नुहोस् र त्यसमा केही पानी मिसाउनुहोस् । त्सपछि कागती पानीले दिनमा दुई तीन पटक कुल्ला गर्नुहोस् । ननिचोडेको कागतीको गुदीलाई दाँतमा घोटे पनि हुन्छ ।
नुनः दाँतलाई चम्किलो बनाउन नुन सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । दाँत सफा गर्नका लागि सबैभन्दा राम्रो पाउडर मानिन्छ । कोइलाले दातमा नुन घोट्दा केही क्षणमा नै दात चम्किलो हुन्छ ।
कोइलाः कोइलाको धुलो पानीमा भएका विकार हटाउन प्रयोग गरिन्छ ।
कोइलाका शक्तिशाली क्रिष्टल दाँतलाई चम्किलो र सेतो बनाउन उपयोग गरिन्छ । सधै प्रयोग गर्ने टुथपेस्टमा कोइलाको केही धुलो मिसाउनुहोस् र दिनमा दुईपटक दाँत माझ्नुहोस, तपाईको दाँत टाढै देखिनेगरि टल्किन्छन् ।
निमपत्ताः निमको कोमल हाँगालाई हामीले दैनिक दाँत माज्ने ब्रसको रुपमा पनि प्रयोग गर्न सक्छौ ।
दाँतमा भएको पहेलो वा कालो दागी हटाउन निमका पात टोक्नुहोस् केही दिनमा नै तपाईको दाँत सुन्दर र चम्किलो देखिन्छ । यसले दाँत सम्बन्धी रोगबाट पनि बचाउँछ ।
बेसारः बेसारलाई पनि दातलाई चम्किलो बनाउन प्रयोग गरिन्छ । केही बेसार लिनुहो्स र त्यसलाई केही बेर आगोमा पोल्नुहोस । यसलाई धुलो पारेर पिध्नुहोस । यसमा नुन र लाइम जुस राख्नुहोस यो मिश्रणले नियमित मुख कुल्ला गर्नुहोस् । केही क्षणमा नै दाँतमा चमक आउँछ ।


0 comments
Write Down Your Responses