मलेसियामा स्थानीयले उजुरी गरेपछि ५८ जना आप्रवासी कामदार पक्राउ हेर्नुहोस फोटोफिचर सहित

मलेसिया, वैशाख : स्थानीय बासिन्दाले उजुरी गरेपछि मलेसियामा अवैधानिक रुपमा काम गर्ने ११ महिला सहित ५८ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।
अध्यागमन विभागले पेनाङस्थित एक सपिङ मलको ४० वटा फूड कोर्टमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । पेनाङ, केदाह, पर्लिस र पेराक अध्यागमन विभागका ९० जनाको टोलीले गएको आइतबार ती फूड कोर्टहरुमा छापा मारेको थियो ।
 पक्राउ पर्नेहरुमा नेपालसहित बंगलादेश र इण्डोनेसियाका कामदार छन् । पक्राउ परेकामध्ये चार जना सेक्युरिटी गार्ड छन् । अरु सबै कुक र वेटरको काम गर्ने कामदार हुन् ।

, ,

0 comments

Write Down Your Responses