यी हिरोइनले फिल्ममा क्यामराकै अगाडी साँच्चिकै बच्चा जन्माएपछि भिडियो हेर्न तल फोटोमा क्लिक गर्नुहोस

फिल्मका लागि कलाकारहरू नयाँनयाँ प्रयोग गर्छ। उनीहरूले गर्ने प्रयोगले सधै समर्थन बने जुटाउँदैन्। सन् २०१३ मा रिलिज भएको एक भारतीय फिल्म कलाकारको एक कामका कारण विवादमा फस्यो। फिल्मका लागि फिल्मी अभिनेत्रीले क्यामरा अगाडी साँच्चिकै बच्चा जन्माइन्।
 मलयालम भाषामा बनेको ‘कालीमन्नु’ फिल्मकी मुख्य अभिनेत्री स्वेता मेननले फिल्मको दृश्यका लागि आफू गर्भवती हुँदाको क्षणलाई क्यामरमा कैद गराएकी थिइन्। उनको यो कदमको भारतको केरेला राज्यमा चर्को विवाद र बहस भयो। फिल्मलाई बेल्सीले निर्देशन गरेका हुन्। बेल्सी सो फिल्मको कथा दुबई जाँदा फुराएका थिए। दुबई यात्रा गर्ने क्रममा उनको दिमागमा गर्भमा रहेको बच्चा र आमाविचको कुराकानीको सोच आएपछि फिल्म बनाउने सोचमा पुगेका थिए। फिल्ममा बच्चा जन्मनु अघि र पछिको बच्चा र आमाको सम्बन्धको कथा रहेको छ। 
संयोगले फिल्मकी मुख्य अभिनेत्री स्वेता गर्भवती थिइन्। त्यस अवसरलाई उपयोग गर्न फिल्मको पूरा स्क्रिप्ट नभइकन फिल्मको छाँयाकंन सुरू गरिएको थियो। गर्भ अवस्थाको विभिन्न चरणलाई क्यामरामा कैद गर्न त्यसो गरिएको थियो। स्वेताले बच्चा पाएको दृश्य मुम्बईको एक अस्पतालमा खिचिएको हो। उनले बच्चा पाइरहेको दृश्य खिच्न फिल्म यूनिट एक हप्तादेखि अस्पताल बसेको थियो। फिल्मका लागि करिब २५ मिनेटको फुटेज खिचिएको थियो।
 डेलेभरी कोठामा तीनवटा क्यामरा लगाइएको थियो। स्वेताको प्रशव चलिरहँदा सो कोठाभित्र मेडिकल टोलीबाहेक निर्देशक बेल्सी, स्वेताका श्रीमान, दुई छायाँकार बसेका थिए। कुनै पनि भारतीय फिल्मका लागि त्यसो गरिएको पहिलो अवसर थियो। सो कदमको विरोधको जवाफमा स्वेताले महिलाको अवस्थाका बारेमा पुरूषले पनि बुझुन र महशुस गरून भनेर आफूले उक्त कदम उठाएको बताएकी थिइन्। रिलिज पश्चात फिल्मले मिश्रित प्रतिक्रिया बटुलेको थियो।

, , ,

0 comments

Write Down Your Responses