यी हुन हामीले साउदी अरवमा गएर गर्न नहुने १६ काम गरे मृत्यु दण्ड पाइन्छ पुरा पढ्नुस थाहापाई राख्नुस

शरिया कानून संसारकै सबैभन्दा कडा कानूनमा मानिन्छ । पूर्णतः इस्लामिक देशहरुमा शरिया कानून रहेको छ । यस्तै शरिया कानून रहेको साउदी अरेवियामा अन्य देशमा सामान्य मानिने अपराधमा पनि मृत्यु दण्डको सजाय दिइन्छ । 
 थाहा पाइ राख्नुस् साउदी अरेवियामा गर्नै नहुने १६ काम जुन भुल बस भएपनि मृत्युदण्डको सजाय हुन्छ । १- कुनै ब्यक्तिको हत्या गरेमा । २- अनैच्छिक हत्या अर्थात अन्जानमा अरुको निधनको कारण बनेमा । ३- आतंकबादी गतिविधी गर्नु । ४- बलात्कार वा यौन शोषण गरेमा । ५- वेश्यावृत्ति गरेमा । ६- देशलाई क्षति हुने गरी वा सरकारी सेवामा रहेका ब्यक्तिको हत्या गरेमा । ७- पुरुष समलिङ्गीसँग शारीरिक सम्बन्ध राखेमा । ८- कसैको सम्पतिको आगो लगाएमा । 
 ९- डकैती गरेमा वा लुटपाट गरेमा । १०- कसैको घर फोरेमा वा चोरी गरेमा। ११- प्रतिबन्धित नशाली पदार्थको आपुर्ति गरेमा । १२- प्रतिबन्धित नशाली पदार्थ आफूसँग राखेमा १३- धर्मको आलोचना गरेमा वा धर्म विरुद्ध कुनै प्रचार वा दुर्भावना पैदा गरेमा । १४- जासुसी गरेमा, खासगरी सरकार वा सेनाको सूचनाबारे जासुसी गरेमा । १५- नशालु औषधी सेवन गरेमा । १६- जादु टुना गरेमा । यी उल्लेखित काम साउदी अरेवियामा भुलेर पनि गर्नु हुँदैन । यी काम गरेको प्रमाणित भएमा मृत्यु दण्ड निश्चित हुन्छ ।

, , ,

0 comments

Write Down Your Responses