अण्डा खानुहुन्छ त्यसोभए हाम्रो शरीरसँग जोडिने यी महत्वपूर्ण कुराहरु पढौं र जनिरखौ

एजेन्सी– मानिसहरुमा अण्डा खाने आ–आफ्नै तरिका हुन्छन् । कसैले उमालेर पकाएर खान्छन् भने कसैले अम्लेट बनाएर खान्छन् । कसैले तरकारीको रुपमा पनि प्रयोग गरेर खाने गरेका हुन्छन् । अण्डा प्रोटिनका लागि राम्रो श्रोत हो । यसका अलवा अण्डामा भिटामिन ए, बी१२, डी र इ समेत प्रसस्त मात्रामा पाइन्छ । त्यतिमात्र होइन, अण्डाका यी सात फाइदा समेत थाहा पाइराखौ ।
 १.दिमाग तेजिलो बनाउँछ अण्डा खाएपछि भिटामिन बी १२ र डी प्राप्त हुन्छ । यी चीज प्राप्त भएपछि कुनै पनि मानिसको दिमाग तेज हुन्छ । अण्डामा एकप्रकारको कोलाइन नामक तत्व पाइन्छ । जसले न्यूरो प्रसारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले स्मरण शक्ति ह्वात्तै बढाइदिन्छ । भिटामिन बी १२ मा कुनैपनि मानिसको दिमागले सही तरिकाले काम गर्छ ।
 २. स्वस्थ वजनका लागि मद्धत गर्दछ अण्डाको प्रयोगले शरीरको वजन निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । अण्डाको सेवनपछि भोकसमेत कम लाग्ने हुनाले यसले वजनलाई सन्तूलित राखिदिन मद्धत गर्दछ । ३.आँखा देखाउन मद्धत गर्दछ अण्डाको उचित समय र स्वस्थ ढंगले खाएमा आँखा देखाउन समेत मद्धत गर्दछ । खानामा यसको प्रयोगले मोतियाबिन्दुको खतरा कम हुन जान्छ ।
 साथै आँखाको मांशापेशी मजबुत बनाउन मद्धत गर्दछ । ४. तनाव कम गर्छ अण्डामा भिटामिन बी १२ पाइने भएकोले तनाव कम गरिदिन्छ । अण्डाको सन्तुलित प्रयोगले तनाव कम गरेर कुनैपनि काममा उत्तरदायी हुन मद्धत गर्दछ । यसले डिप्रेसन हुनबाट रोक्छ ।
 ५. बालकको शरीर मजबुत राख्न मद्धत गर्छ बालबालिकाहरुका लागि अण्डा महत्वपूर्ण खानेकुरामा पर्दछ । प्रोटिनको श्रोत भएकोले पनि बालबालिकाहरुका लागि यसले शारीरिक र मानसिक तन्द्रुस्ती राख्न मद्धत गर्दछ । बालबिकासमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।
 ६. गर्भवती महिलाका लागि अति महत्वपूर्ण गर्भावस्थामा महिलाले स्वस्थबद्र्धक खानेकुरा खानुपर्छ । त्यसका लागि महत्वपूर्ण खानेकुरामा अण्डा पनि एक हो । गर्भभित्र रहेको बच्चाको शारीरिक र मानसिक विकासका लागि अण्डा अति महत्वपूर्ण श्रोत हो । यो खान चिकिच्सकहरुले बारम्बार सल्लाह दिइरहेका हुन्छन् । ७. अनुहारका लागि अनुहार चम्किलो बनाउन पनि अण्डाको केही भागलाई प्रयोग गरिन्छ ।

, , , ,

0 comments

Write Down Your Responses