प्राय मानिसको नाकबाट रगत किन अाउँछ पुरा पढ्नुस र जानिराख्नुस

एजेन्सी । प्राय मानिस नाकबाट रगत आउने समस्याले पीडित हुन्छन् । नाथ्रो फुट्ने समेत भनिने यस समस्याबाट बालबालिकादेखि बृद्धसम्म पीडत भएका पाइन्छन् । गर्मी मौसममा यो समस्या अझ बढी देखिन्छ । एन्टोरियर र पोस्टेरियर ब्लिडिङ नाकबाट रगत दुई तरिकाबाट आउँछ । एउटा नाथ्रोको अगाडिबाट (एन्टोरियर ब्लिडिङ) र अर्को नाकको पछाडि (पोस्टेरियर ब्लिडिङ) ।
 ९० प्रतिशत बढी मानिसलाई एन्टोरियर ब्लिडिङ हुन्छ । सामान्यतया नाकको सबैभन्दा आगडि रहेको रक्त नलीबाट रगत प्रबाह हुन्छ । एन्टोरियर ब्लिडिङलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । घरमै वा चिकित्सकको सामान्य सल्लाहमा यसको सहज उपचार हुन्छ । तर पोस्टेरियर नोजब्लिडङ थोरैलाई हुने गर्छ ।
 विशेष गरी वृद्धबद्धामा यस्तो समस्या देखिन्छ । नाकको पछाडिपट्टीको रक्त नलीबाट रगत प्रबाह हुन्छ । पोस्टेरियर नोजब्लिडङ हुँदा अस्पतालमा नै भर्ना भएर इएनटी विज्ञको सहयोगमा उपचार गर्नुपर्ने हुुन्छ । नोजब्लिड गर्मी, सुख्खा र चिसो मौसमा हुने गर्छ ।
 सामान्यतया सबै उमेरका मानिसमा यस्तो समस्या देखिए पनि २ देखि १० वर्ष समूहका बालबालिका र ५० देखि ८० वर्ष उमेरका मानिसमा नाथ्रो फुट्ने बढी समस्या हुन्छ । नाथ्रो फुट्ने कारण नाकमा चोट परेमा नाथ्रो फुटी रगत आउने गर्छ । नाकको बाहिर हल्का चोट वा भित्र पीडा भएमा वा चिसो वा सुख्खाबाट नाकभित्र जलन भएमा पनि नाथ्रो फुट्छ । गर्मीको समयमा पानी कम खाँदा नाकमा सुख्खा भएमा नाथ्रो फुट्छ ।
 रगत जम्न नसक्दा पनि यस्तो समस्या हुन्छ । एस्पिरिन लगायतका औषधी र कलेजो सम्बन्धि कुनै रोगले पनि रगत जम्नबाट रोक्छ । उच्च रक्तचापका कारण पनि नाकबाट रगत आउन सक्छ । प्राय एउटा नाकको प्वालबाट मात्र रगत बग्छ । यदि रगत धेरै वगेको छ भने दुईओटा प्वालबाट नै रगत बग्छ ।
 कहिलेकाही नाकको रगत घाँटी र पेटसम्म पुग्न गई बिरामीलाई वान्ता आउन सक्छ । नाकबाट अत्यधिक रक्तश्राब भएमा धमिलो देख्ने, टाउको झमझमाउने, मनमा दुबिधा बढ्ने र कमजोरीको अनुभव हुन्छ । स्वास्थ्य खबरबाट

, , , ,

0 comments

Write Down Your Responses