होसियार तपाईहरु नि यसरी फस्लन है नक्कली भिषाले यसरी ज्यान खायो कन्सल्टेन्सी प्रमुख खोरमा थाहापाई राख्नुस
काठमाडौं, १४ जेठ । गैह्रकानुनी रुपले कन्सल्टेन्सी खोली रोजगारको लागि बिभिन्न देशहरूमा पठाउने भनी ठगी गर्ने मकवानपुर जिल्ला नामाटार– ३ घर भएका २३ वर्षीय रञ्जित कँडेललाई पक्राउ गरेको छ ।
प्रहरीले कँडेललाई ठगी आरोपमा काठमाडौंको सतुङगलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
कँडेल लगायत अन्य व्यक्तिहरूले गैह्रकानूनी रुपमा युरो एण्ड सी. लिङ्क एजुकेशन कन्ससल्टेन्सी र फ्लाई यूरो नामक कन्सल्टेन्सी खोलेर लाखौँ रुपियाँ ठगी गर्दै आएका थिए ।
कँडेलसहितको समूहले रोजगारको लागि जर्मन पठाउँछु भन्दै रसुवा भोर्ले गाबिस–८ बस्ने खेसम तामाङसहित २ जना, साउथ अफ्रिका पठाउँछु भनी रसुवा राम्चे–७ बस्ने संगीता तामाङ समेतका २ जना, मौरिसस पठाउँछु भनी कञ्चनपुर त्रिभुबनबस्ती गाबिस–३ बस्ने लक्ष्मीप्रसाद बरालसमेत ७ जना र न्यूजिल्याण्ड पठाउँछु भनेर काभ्रे महादेवस्थान गाविस–७ बस्ने सुमन सापकोटासमेत २ जना गरी जम्मा १३ जनाबाट विभिन्न समयमा ७९ लाख ३० हजार रुपैयाँ लिएका थिए ।
रकम लिएर नक्कली भिषा समेत लगाई कँडेलसहितको समूह फरार भएको थियो । आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
कँडेललाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । कँडेलसंग मिलेर बिदेश पठाउने भनी ठगी गर्ने अन्य व्यक्तिहरूको खोजी एवम् अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।


0 comments
Write Down Your Responses