यस्तो दुख पिडा कसैको नहोस सानैमा बुवा गुमाएका बिमल अहिले बहिनी गुगाउँदा कसको मन रुन्न पुरा पढ्नुहोस

राष्ट्रका होनहार फुटबल खेलाडी बिमल घर्ती मगर भोलि बिहान बेल्जियमबाट बहिनी मनिषाको पाशविक हत्याको शोकमा डुबेर फर्कदै छन् ।
 उनी माथिको पीडा कति छ शायद उनलाइ मात्र थाहा होला । अब राज्य, प्रशासन, खेलकूद निकाय, मिडिया तथा सम्पूर्ण नागरिक यस अप्रिय घटनापछि उनको भविष्यप्रति जिम्मेवार बन्नैपर्छ । उनको लिगामेन्टको घाउ भन्दा मनको घाउ झन दर्दनाक छ । सानैमा बुवा गुमाएका विमलको सपना आमाको हेरचाह र बहिनीको सुन्दर भविष्य थियो ।
 तर, यो घटनाले उनलाई मानसिक रुपमा कमजोर बनाउन सक्छ । उनीजस्ता खेलाडी पाउन नेपाल र नेपालीलाई वर्षों लाग्नसक्छ । सबै पक्षबाट उनलाई सान्त्वना मात्र हैन सहयोगको खाँचो छ । उनी यो देशकै प्रतिष्ठा हुन् । दोषीलाई उन्मुक्ति नहुने कारवाही होस् । 
नहुनु जे थियो भयो । पारिवारिक वियोगमा नेपाली फुटबलमा र अन्तर्राष्ट्रिय फुटबलमा उनको पाइला कमजोर नबनोस् । सम्वन्धित पक्षले यसमा बेलैमा ध्यान पुर्याओस । स्व. वहिनी मनिषा प्रति हार्दिक श्रद्धान्जली ।

, , ,

0 comments

Write Down Your Responses